ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली कदमबारे दिल्ली र बेइजिङको पेपर वार


एबीसी / संवाददाता
पुस ८, २०७७ बुधबार  ११ : ०३ बजे
काठमाडौं ८ पुस । नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा दिल्ली र बेइजिङका बारेमा प्रचार युद्ध चलेको छ । चिनिया बुद्धिजीवी लङ सिंगचुनले ग्लोवल टाइम्स एक आलेख मार्फत नेपालको पछिल्लो घटनाबाट भारत खुशी भएको बताएका छन् । उनले नेपाल संसद विघटन भएपछि र नेकपा विभाजन भएपछि अब अस्थिरताको बाटोमा देश फसेको बताएका छन् । त्यसैगरी उनले भारतले नेपालको राजनीतिक घटनाक्रमका बारेमा चीनलाई आरोप लगाएको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन् ।
नेपालको संसद् भंग भएपछि भारतको संस्थापन पक्षले सन्तोष मानेको छ । ‘नेपालमा चीनको बढ्दो प्रभाव अब खण्डित भएको छ, भारतले आफ्नो पूर्ववत वर्चश्व कायम गर्ने अवस्था सिर्जना भएको छ,’ भारतीय जनता पार्टीका नेता र भारतीय विज्ञहरुले यस्तो धारणा व्यक्त गरेका छन् ।
नेपालका लागि भारतीय पूर्वराजदूत रनजित रे, भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहताले चीनको प्रभाव घटेको भन्दै भारतलाई फाइदा भएको टिप्पणी गरेका छन् । मंगलबार नेपालका लागि भारतीय पूर्वराजदूत रेले नेकपा मिलाउने चीनको प्रयास सफल नभएको निष्कर्ष सहितको द इकोनोमिक टाइम्समा लेखेका छन् ।
‘चिनियाँहरूले ओलीलाई सहयोग गरिरहेको वेलासम्म सबै ठीक थियो । तर, चीनले ओलीको नेतृत्वको निरन्तरतामा भन्दा नेकपाको एकता जोगाउने विषयमा बढी चासो दिएको महसुस भएपछि ओलीको रणनीति बदलियो,’ राजदूत रेले लेखेका छन् । ओलीले त्यसपछि भारतसँग सम्पर्क बढाएको रेको व्याख्या छ ।
भारतका एकथरि विज्ञहरूका ओलीको कदमले हिमालय क्षेत्रमा अस्थिरताको बिउ रोपेको तर्क गरेका छन् । ‘हिमालयमा राजनीतिक अस्थिरता भारतको पक्षमा हुँदैन । रणनीतिक संवेदनशीलता नबुझ्नेहरूले ओलीको कदमलाई सही रूपमा लिन सक्लान्, तर यो सहज परिस्थिति होइन,’ एमपिआइडिएसएका नेपालविज्ञ डा। निहार नायकले बताएका छन् । उनी भारती रक्षा मन्त्रालयसंग निकटको सम्वन्ध राख्ने विश्लेषक मानिन्छन ।’
नायक भन्छन् ‘भारत नेपालमा सरकार र राज्यसंयन्त्रहरूसँग सहकार्य गर्ने पक्षमा छ । यो सरकार निरन्तर रहे पनि, अको सरकार आए पनि सहकार्य गर्नेछ । तर, नेकपाभित्रको विवादले ल्याएको संकटमा भारत फस्न चाहँदैन,’ ।
चिनिया विज्ञको लङले ग्लोवल टाइम्समा लेखेको लेख यस्तो छ  ।
सत्ताधारी पार्टीको दरारले नेपालको राजनीतिक स्थायित्व ओझेलमा -लङ्ग सिङ्गचुन , 
मिडियाका अनुसार नेपालका राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्री के।पी। शर्मा ओलीको मन्त्री परिषद्को सिफारिसमा गत आइतबार अर्थात पौष ५ गते संसद बिघटन गरी आगामी २०७८ साल बैसाख १७ र २७ गतेका लागि आम चुनावको मिति घोषणा गरेकी छिन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( एनसिपि ) यतिखेर आन्तरिक झगडाको उल्झनमा परेको छ । बि।सं २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ठ पार्टी एमाले तथा  नेपाल कम्युनिष्ठ पार्टी ९माओवादी केन्द्र० ले  पार्टी एकताको घोषणा गरेका थिए । के।पी। शर्मा ओली तथा पुष्पकमल दहाल, प्रचण्ड दुबै  अध्यक्षकारुपमा काम गरे । यी दुबै दल एक अर्कामा एकीकरण भएका हुँनाले ओली र दहालका बीचमा शक्ति बाँडफाँडको बिषय मुख्य मुद्धा बन्न पुग्यो भने अनेकौं सम्झौताहरुको कार्यान्वयन हुन सकेन ।
दुइ नेता बीचमा कैयौं मुद्धामा झगडाहरु छन् भने आन्तरिक विवाद छिट्टै समाधान हुने सम्भावना देखिंदैन । दुबै अध्यक्षहरु मिलेर जान अस्वीकार गरेका छन् । गत श्रावण महिनामा दहाल लगायत बहुमत स्थायी समिति सदस्यहरुले ओलीको  असक्षमताको आरोप लगाउंदै प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा माग गरेका थिए । जसलाई ओलीले अस्वीकार गरिदिएका थिए ।
यो पृष्ठभूमिमा कुनै पनि प्रतिकुल परिस्थितिबाट बच्नका लागि ओलीले संसद बिघटन गरी ताजा चुनावमा जाने निर्णय गरे । राष्ट्रपति भण्डारी तथा ओली दुबै नेकपा एमालेका सदस्य भएका हुनाले भण्डारीले ओलीको अनुरोधलाई तत्कालै स्विकृत गरिदिईन् । जतिखेर नेकपा एमाले र माओवादीका बिचमा एकता भयो । त्यो समयमा नेपाल र अन्तराष्ट्रिय समुदायले नेपालमा राजनैतिक स्थायीत्व आउने अपेक्षा गरेका थिए । त्यो भन्दा पहिले नेपालमा हुने बारम्बारको सरकार परिवर्तनले सामाजिक स्थायित्व तथा आर्थिक बृद्धिमा नराम्रो ढङ्गले प्रभावित गरेको थियो । दुर्भाग्यबस, देश दुई बर्षपछि फेरी एक पटक राजनैतिक अस्थिरताको भूमरीमा फस्न पुगेकोछ ।
परिणामले देखाउंछ कि नेपालका दुई कम्युनिष्ट पार्टीको एकता पुर्ण नभईसकेको अवस्थामा छ भने ओली र दहालले नेतृत्व गरेका  शक्तिहरु दुई दलमा बिभाजित हुनेछन् । यो अवस्था देशको तथा कम्युनिष्ट पार्टीको राजनैतिक स्थायीत्वका लागि प्रतिकूल रहनेछ भने यो अस्तव्यस्तताबाट तेस्रो राजनैतिक दल नेपाली कांग्रेसलाई,९सामाजिक प्रजातान्त्रिक० राजनैतिक दललाई राजनैतिक फाईदा पुग्न सक्नेछ ।
संसद बिघटनले ठूलो अशान्ति सृजना गर्न सक्दछ । २०७८ को पुर्व सन्ध्यामा निर्वाचन हुनेछ तर परिणाम भने निकै अनिश्चित छ । नेकपा विभाजित हुने हो भने विभिन्न स्रोतका मतहरु विभाजित हुनेछन् र नेपाली राजनीति पहिलेकै अनिश्चितता तथा अस्थिरतातर्फ धकेलिन पुग्नेछ ।
देशका कुनै पनि दलले संसदमा आधा भन्दा बढी सिट जित्न सक्नेछैनन् र पहिले जस्तै मिलिजुली सरकार बन्नेछ । जस्ले सरकारमा सहभागि दलहरुका स्वार्थ पनि बिभाजित बन्न पुग्नेछ । त्यो समयमा दल बदल्ने प्रक्रियाको सुरुवात भइ सरकारको आयु समेत छोटो बन्नेछ ।  भारतबाट प्रकाशित हुने अखवार हिन्दुस्तान टाइम्सले नेपालको बदलिदो राजनैतिक अवस्थालाई आफ्नो समाचारमा प्राथमिकता दिदै चीनसंग जोडेको र यो नेकपाको वर्तमान अवस्थाले चीनलाई समेत आघात पुग्ने उल्लेख गरेको छ ।  उक्त अखवारले चीनलाई नेपाल र नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक मामलामा हस्तक्षेप गरेको आरोप लगाएकोछ ।
यो प्रकाशनको चीन तथा दक्षिण एसियाली राष्ट्रहरुका बीचमा द्धन्द सृजना गर्ने दीर्घकालकि रणनीति रहेको जस्तो देखिन्छ । चीनले नेपाल वा अन्य मुलुकको यस्तो आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन । वास्तवमा चीनले नेपालमा एक स्थायी सरकार बनोस् जुन छिटो छिटो पविर्तन नहोस् र सबैले यसबाट फाईदा लिन सकुन् भन्ने चाहना राख्दछ ।  यस्मा चीन–नेपाल सम्बन्ध पनि पर्दछ ।
वास्तवमा चीनले नेपालको सत्तारुढ दल कुन हो भन्नेमा खासै महत्व दिदैंन तर स्थायी सरकार बनोस् भन्ने चाहना राख्दछ । चीनले नेपालको कुनै पनि सत्तारुढ दललाई सहयोग गर्ने, बलजफ्ती गर्ने अथवा दवाब दिने गरेको छैन । नेपाल माथि नाकाबन्दी लगायतका दवाव दिने  देश भने भारत हो । चीनले खेलेको समन्वयात्मक भूमिकालाई नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप भनेर हेरिनु हुंदैन । भारतीय पक्षबाट लगाइएका आरोपहरु आधारहीन छन् ।
भारतीय सञ्चार माध्यमले चिन–नेपाल सम्बन्धलाई धेरै जसो उक्साउने गर्दछ  तर यस्ले खासै ठूलो तरङ्ग ल्याउंदैन । नेपालका राजनीतिज्ञहरुले चीनसंगको सम्बन्धको महत्वलाई राम्ररी बुझेका छन् । भारतीय सञ्चार माध्यमका चीन विरोधि यस्ता भड्कावहरु असफल हुन बाध्य छन् ।
(लेखक  बेजिङ्ग फरेन स्टडीज विश्वविद्यालयमा एकाडेमी अफ रिजनल गभर्नेन्ससंग आवद्ध वरिष्ठ अनुसन्धान फेलो र छेन्दु इन्स्टिच्युट अफ वलर््ड अफेयर्सका अध्यक्ष हुनहुन्छ , ग्लोवल टाईम्स २०७७ । ०९ । ०६)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

थिति बसाल्ने संकल्प र नागरिक करारको राजनीति, रास्वपाको ‘वाचा पत्र २०८२’, निर्वाचन परिणाम र जनअपेक्षाको नयाँ अध्याय

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com