ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको भेटघाटले साम्य होला नेकपा भित्रको विवाद ?


एबीसी / संवाददाता

काठमाडौं, ४ पुस ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुग्नुभएको हो । प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच करिब ४५ मिनेट छलफल भएको छ । उहाँहरुको यो भेटघाट यस अघि हुने गरेको भेटघाटकै निरन्तरता रहेको कार्यकारी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताउनुभयो । उहाँले भन्नुभयो ‘यसअघि बालुवाटारमा छलफल हुन्थ्यो । यो अघिपछि भईरहेको छलफलकै निरन्तरता हो । विशेष अरु होईन । पार्टी एकतालाई कसरी बचाउने भन्ने विषयमै अध्यक्षहरुबीच छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरिराख्नुभएको छ । अध्यक्ष प्रचण्डले प्रस्तुत राजनीतिक प्रस्ताव पार्टी कमिटीमा छलफल गरेर निष्कर्षतिर लान पहल, प्रयत्न गरिराख्नुभएको छ । यो निरन्तरताको छलफल हो ।’

नेकपा भित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला छलफलका लागि प्रधानमन्त्री ओली पहिलोपल्ट कार्यकारी अध्यक्ष प्रचण्ड निवास पुग्नुलाई नेकपा भित्र निकै चासो साथ हेरिएको छ । प्रचण्ड – नेपाल समुहले प्रधानमन्त्री र अध्यक्षमध्ये दुई पद छाड्न प्रधानमन्त्री ओलीलाई निरन्तर दबाब दिईरहेका छन् भने ओलीले दुवै पद नछोड्ने भन्दै नेताहरुलाई आफ्नो पक्षमा पार्न फकाउदै आउनुभएको छ । दुवै पक्षले आ–आफ्नो समुहको छुट्टाछुट्टै भेला राख्न थालिसकेका छन् । पछिल्लो पटक सम्वैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रकरणपछि नेकपाको विवाद झनै चर्किएको थियो ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला छलफलका लागि प्रधानमन्त्री ओली पहिलोपल्ट कार्यकारी अध्यक्ष प्रचण्ड निवास पुग्नुलाई नेकपाभित्र निकै चासोका रुपमा हेरिएको छ । अध्यक्ष प्रचण्डसँग छलफल गरेर ओली गृहमन्त्री रामबहादुर थापा बादलको निवास पुल्चोक पुग्नुभएको छ ।

पुल्चोकमा ओलीसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल र कानुनमन्त्री शिवमायाँ तुम्बाहाम्फे पनि सहभागी हुनुभएको छ । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न प्रधानमन्त्री ओलीलाई निरन्तर दबाब दिइरहेका छन् भने ओलीले दुवै पद नछोड्ने भन्दै नेताहरुलाई आफ्नो पक्षमा पार्न फकाउँदै आउनुभएको छ ।

दुवै पक्षले आ–आफ्नो समूहको छुट्टाछुट्टै भेला राख्न थालिसकेका छन् । पछिल्लो पटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएसँगै नेकपाको विवाद थप बढेको छ । नेकपाले पौष ५ गते स्थायी कमिटी र पौष १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com