ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट आउने नेपाली स्वदेशी भूमिमै ठगिन्छन् : प्रहरी प्रशासन मौन


एबीसी / संवाददाता
पुस ३, २०७७ शुक्रबार  ४ : ०७ बजे

डोटी, ३ पुस ।  भारतमा रोजगारीमा रहेका नेपाली घर फर्किने क्रममा स्वदेशी भूमिमा ठगिने गरेका छन् । भारतबाट फर्किएका सुदूरपश्चिमका नागरिकहरु वर्षेनी यहाँ आइसकेपछि सवारी साधन सञ्चालन गर्ने व्यवसायीबाटै ठगिने गरेका छन् । यात्रुलाई गाडीको व्यवस्था गर्ने नाममा यहाँका सीमा नाकामा खटिने गरेका दलालहरुले आफूखुशी पैसा लिने गरेका कारण यात्रुलाई निकै पीडा तथा सास्ती हुँदै आएको छ । दलालहरुले आफूखुशी यात्रुबाट चर्को भाडा लिइरहेको जानकारी पाउँदासमेत यहाँको प्रहरी प्रशासन मौन बसेको स्थानीयवासीको गुनासो छ ।

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा विगत लामो समयदेखि यात्रुहरु गाडी व्यवसायीबाट ठगिँदै आएका छन् । सुदूरपश्चिम प्रदेशका दुई ठूला सीमा नाका कञ्चनपुरको गड्डा चौकी र कैलालीको त्रिनगरमा खुलेआमरुपमा दलालहरुले यात्रुबाट चर्को भाडा लिने गरेको देख्न सकिन्छ ।

दलालले यात्रुबाट चर्को भाडा असुले पनि त्यहाँ सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भने मुकदर्शक बनेका हुन्छन् । कहिले गाडी नपाउँदा तथा कुनै समय प्रचलित दररेटभन्दा चर्को भाडा लिँदा उनीहरु वर्षेनी ठगिँदै आएको गुनासो सुनाउने गरेका स्थानीय नागरिकको भनाइ छ । आफूहरु पटकपटक गाडी व्यवसायीबाट ठगिएको गुनासो गर्दै आए पनि कसैले पनि त्यसको सुनुवाइ नगरेको भारतबाट रोजगारी गरी आएका यात्रुहरुको गुनासो छ ।

भारतबाट नेपाल फर्किने अधिकांश यहाँका नागरिकहरु भारतको गौरी फाण्टाबाट कैलालीको त्रिनगर भन्सार पु¥याएबापत दलाललाई रकम दिँदै आएका छन् । आफू त्रिनगरमा रहेका गाडी व्यवसायीबाट ठगिने गरेको मुम्बैबाट अछाम जान डोटीको दिपायल पुग्नुभएका नब टमाटाले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “गौरीफाण्टाबाट त्रिनगर पु¥याएबापत दलालले भारतीय रु ५०० लियो, त्यहाँबाट घर आउन गाडी चढ्दा दुई हजार ५०० तिर्नु प¥यो ।”

उहाँजस्तै भारतबाट रोजगारी गरी घर आउने सयौँ सुदूरपश्चिमेली नागरिक हिजो आज दिनहुँ गौरीफाण्टा नाकामा गाडी व्यवसायीबाट ठगिँदै आएका छन् । भारतबाट आएका नागरिक राख्ने गौरीफाण्टास्थित होल्डिङ सेन्टरमा प्रहरीहरु खटाइएका भए पनि प्रहरीले समेत पीडितका गुनासा नसुन्ने तथा गाडी व्यवसायी तथा उनीहरुले खटाएका एजेन्टकै कुरा सुन्ने गरेको भारतको मदरासबाट रोजगारी गरी फर्किनुभएका डोटीको दिपायल सिलगढी नगरपालिका–२ खुल्लेकका परुवा भुलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाडी मालिकले मनोमानी पैसा लिँदैछन्, तोकिएकोभन्दा बढी पैसा लिएकोबारे प्रहरीलाई गुनासो गर्दा सुनुवाइ नै भएन उल्टै हप्काएर पठाए ।” भाडा बढी लिएको विषयमा गुनासो सुन्ने निकाय नभएका कारण भारतबाट नेपाल आउने यात्रुहरुलाई निकै सास्ती हुँदै आएको त्रिनगर आसपासका नागरिकहरु बताउँछन् । उता सुदूरपश्चिम बस व्यवसायी समिति कैलालीले धनगढीदेखि दिपायलसम्म रु ५५०, अछामको साँफे बगरसम्म रु ७५५ तथा मङ्गलसेनसम्म रु ९२५ भाडादर पहिलेदेखि कायम गरेको छ । तर त्रिनगर भन्सार गेटबाट यहाँका पहाडी जिल्लामा छुट्ने गाडीका चालकले आफूखुशी धनगढीदेखि दिपायलसम्म रु एक हजार, अछामको साँफेबगरसम्म रु एक हजार ५०० तथा मङ्गलसेनसम्म रु दुइ हजार ५०० सम्म भाडा लिने गरेको यात्रुहरुको भनाइ छ ।

थोरै मात्रामा त्यहाँ गाडी राखिने तथा भारतबाट आएका नागरिकले बजारमा आएर गाडी चढ्न नपाइने नियम भएका कारण त्रिनगरमा गाडी चालकको मनोमानी बढेको भारतबाट रोजगारी गरी फर्किएका डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ का स्थानीयवासी लक्ष्मण साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै मात्रै गाडी राखेको हुँदा रहेछन्, हामीलाई अरू ठाउँबाट चढ्न दिँदैन अनि चालकले मनपरी भाडा लिन थालेका छन् ।” सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले यात्रुहरुलाई ठगिएका बारेमा तत्काल जानकारी लिएर छानबिन शुरु गर्न कैलाली जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रु ठगिँदै आएको विषयमा जानकारी लिएर छानबिन शुरु गर्न निर्देशन दिएका छौँ, तोकिएकोभन्दा बढी भाडा लिएको देखिए कानूनबमोजिम कारबाही हुनेछ ।”

यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अनुपम राणाले यात्रुबाट बढी तथा मनोमानी ढङ्गबाट रकम लिएको विषयमा छानबिन शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बढी भाडा लिएको र यात्रु ठगिएको विषयमा हामीलाई जानकारी आउने बित्तिकै आजबाट हामीले छानबिन तथा अनुगमन शुरु गरेका छौँ, गलत गर्ने जो कोही होस् कारबाही हुन्छ ।” त्रिनगरमा भारतबाट आएका नागरिक राख्नका लागि निर्माण गरिएको होल्डिङ सेन्टरमा कोरोना जोखिमबाट जोगिन तथा जाँच गर्न कुनै पनि उपकरणसमेत नभएको सुदूरपश्चिम बस व्यवसायी समितिका बस चालक धिरेन्द्र साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “होल्डिङ सेन्टरमा सामान्य जरो नाप्ने थर्मल गन पनि छैन, अरू कुरो त छाडौँ यात्रुलाई खानलाई शुद्ध पानीसमेत छैन, दलालको मनपरी भएको छ, कोरोनाको बाहनामा सबैको कमाउने धन्दा भएको छ त्यहाँ ।” यति मात्र नभई त्रिनगरबाट यातायात व्यवसायीले भारतबाट रोजगारी गरी फर्किएका नाागरिकलाई गाडी चढ्दा टिकटसमेत नदिने गरेको पाइएको छ । “सिधै गाडीमा राख्छन्, टिकट माग्दा बाटोमा मिलाउला भन्छन्, दिँदैनन्”, भारतको पञ्जाव शहरबाट रोजगारी गरी घर फर्किएका डोटीको जोरायल गाउँपालिका–५ का स्थानीयवासी शेरबहादुर विकले भन्नुभयो, “दलालको मनोमानी हिसाबले टिकट काटिन्छ, टिकट मागे गाडीको सिट नै पाइँदैन, परदेशमा त लुटिन्थ्यौँ नै आफ्नै देशमा पनि लुटिन थाल्यौँ ।” त्रिनगर क्षेत्रबाट यहाँका सातवटा पहाडी जिल्लाका लागि भारतबाट यात्रु लिएर आएका गाडीसमेत यहाँका ट्राफिक प्रहरीले चेकजाँच नगर्ने तथा सोधपुछ पनि नगर्ने गरेका कारण बस व्यवसायीहरुको मनोबल झन् बढेको स्थानीयवासी बताउँछन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा एसपी बामदेव गौतमले यात्रुलाई टिकट नदिने तथा बढी भाडा लिने व्यवसायीलाई कारबाही गरने बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक सवारी साधनमा यात्रा गर्ने सबै यात्रुहरुको टिकट जाँच गर्न मैले मातहतका ट्राफिक प्रहरीलाई निर्देशन दिएको छु, बढी भाडा लिइएको तथा टिकट नदिएको पाइए तत्काल कारबाही गर्छौं ।” विश्वव्यापी कोरोना महामारीले आक्रान्त भइरहेका बेलामा सुदूरपश्चिम प्रदेशमा कोरोनाको फाइदा उठाउँदै गाडी व्यवसायीले मनपरी भाडा लिने गरेको तथा प्रहरी प्रशासन मौन बसेको भन्दै यहाँका नागरिकहरु आक्रोशित बनेका छन् । यति मात्र नभई सुदूरपश्चिम प्रदेशमा दशँैँतिहारको समयमा पनि भारतबाट रोजगारी गरेर फर्किने नागरिकहरु सीमा नाका तथा यातायात व्यवसायीबाट लुटिँदै आएका छन् ।

लुटिएको खबर पाएपछि यहाँको प्रहरी प्रशासनले केही समय सक्रियता देखाए पनि पछि फेरि मौन बस्ने गरेका कारण लुटिने क्रम जारी नै रहेको कैलालीका पुराना पत्रकार  वीरेन्द्रबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “सिमानाकामा यात्रु लुटिने र गाडी व्यवसायीबाट ठगिने क्रम पहिलेदेखि नै चल्दै आएको छ, हामीले समाचार लेखेपछि केही दिन प्रहरी प्रशासन सक्रिय देखिन्छन् पछि फेरि पुरानै हालतमा आउने हुँदा समस्या जस्ताको त्यस्तै रहँदै आएको छ ।”

कोरोना कहर चलिरहेको भए पनि अहिले पनि यहाँका दुई ठूला सीमा नाका कैलालीको त्रिनगर तथा कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिकजसो सयौँ नागरिक भारतबाट रोजगारी गरी घर फर्किन थालेको देख्न पाइन्छ । सीमा नाकामा लुटिएका नागरिकलाई यहाँका गाउँघरमा सञ्चालन भएका साना महिन्द्रा जीपहरुले पनि मनपरी भाडा लिने गरेको आरोप लाग्दै आएको छ । कच्ची सडक भएका कारण जीप चालकले भने जति पैसा नदिए नजाने भन्ने गरेपछि उनीहरु बाध्य भएर बढी रकम तिर्दै आएको डोटीको केआइसिंह गाउँपालिका–७ का स्थानीयवासी जगतबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँका सबै सडक कच्ची छन्, ठूला गाडी जाँदैनन्, जीप चालकले भनेअनुसारको पैसा नदिँदा जान मान्दैन अनि बाध्य भएर भारतबाट आएका गाउँका नागरिकले बढी पैसा तिर्नुपर्छ, यसको अनुगमन कसले गर्ने ।”

शहरमा मात्रै नभएर यहाँका गाउँघरमा समेत चालकले मनपरी भाडा लिने गरेको आरोप लाग्दै आएको छ । गाडी चालकले कुन रुटमा कति भाडा लिने गरेको छ त्यसको नियमित अनुगमन नहुने भएकाले पनि यहाँका गाउँघरमा यात्रुहरु जीप चालकबाट महिनैपच्छिे ठगिँदै आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com