ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुर दुर्घटना प्रकरण : महिलाको मृत्युमाथिको शंका पुष्टि भएन, यस्तो भयो सहमति


एबीसी / संवाददाता

काठमाडौं, ३ पुस । भक्तपुर दुर्घटना प्रकरणमा महिलाको मृत्युमाथि परिवारले गरेको आशंका अनुसन्धानबाट पुष्टि नभएको प्रहरीले जनाएको छ । काठमाडौं मेडिकल कलेज, दुवाकोटमा गरिएको पोष्टमार्टमको प्रतिवेदनले पनि ३० वर्षीया रिया श्रेष्ठको दुर्घटनामा ठोक्किएका कारण मृत्यु भएको निष्कर्ष निकालेको हो।

चालक कार्कीले कार तीव्र गतिमा रहेको जस्तो लागेपछि मिटरमा हेर्दा अचानक अगाडि गाईको बाच्छा देखेको बताएको प्रहरीले जनाएको छ । बाच्छा जोगाउन खोज्दा डिभाइडरमा ठोक्किएको कार्कीको दाबी छ ।
प्रहरीका अनुसार घटना भएका वेला रञ्जित र रिया नगरकोट गएर फर्किएका थिए । घर फर्किइसकेपछि राधेराधेबाट दुई जना साथीले बोलाएपछि उनीहरु लिन गएका थिए । त्यसक्रममा फर्किँदा दुर्घटना भएको हो ।
भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाका अनुसार पीडित पक्षले दिएको किटानी जाहेरी का आधारमा अनुसन्धान गर्दा शंकास्पद विषयहरु भेटिएनन् । त्यसपछि दुवै पक्षले छलफल गरेर मृतक श्रेष्ठकी ७ वर्षीय छोराको नाममा क्षतिपूर्ति रकम जम्मा गर्ने गरी सहमति भएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत ५ लाख २५ हजार रुपैयाँसहित बच्चाको पढाइका लागि थप ६ लाख २५ हजार रुपैयाँ गरी साढे ११ लाख रुपैयाँ खातामा जम्मा गरिदिने सहमति भएको छ । दुर्घटनामा कारको अगाडिपट्टीको भाग फलामको बार भएको पोलमा ठोक्किएर ६० फिटसम्म क्षति पुगेको थियो । यत्रो दुर्घटना हुँदा अरुलाई केही नहुनु शंकास्पद भएको मृतकका पति राजुले दाबी गरेका थिए ।

तर, अनुसन्धान अधिकृतहरुले भने कार्कीले घटनापछि युवतीलाई उठाएर सर्भिस ट्र्याकमा ल्याएर राखेको पाइएको बताएका छन् । मृत्यु भइसकेको थाहा पाएपछि भाग्नु चाहिँ चालक कार्कीलगायतको गल्ती भएको प्रहरीको भनाइ छ ।

महिलाले सिट बेल्ट नलगाएका कारण उछिट्टिएर अगाडि पुगेको प्रहरीको निष्कर्ष छ । दुवै जनाले मादक पदार्थ सेवन गरेको आशंका गरिए पनि समयमै परीक्षण गर्न नपाउँदा पुष्टि नभएको प्रहरीको भनाइ छ । सवारी ज्यान सम्बन्धी कसूरमा कार्की अझै थुनामा छन् । कानुनतः २५ दिन अगावै यस किसिमको मुद्दाको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलको कार्यालयमा पठाउनुपर्छ ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३, कौशलटारमा २१ मंसिरमा बा ८ च ४७५६ नम्बरको कार दुर्घटना हुँदा २१ मंसिरमा श्रेष्ठको मृत्यु भएको थियो भने कार चालक रञ्जित कार्कीसहित अन्य दुई जना भने सामान्य घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com