ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि काठमाडौं उपत्यकामा गाडीमा जोर–बिजोर प्रणाली हट्यो


एबीसी / संवाददाता
पुस ३, २०७७ शुक्रबार  ७ : २३ बजे

काठमाडौं, ३ पुस ।  काठमाडौं उपत्यकामा आजदेखि गाडीमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ । अन्य क्षेत्र खुले पनि यातायात क्षेत्र पूर्ण रुपमा नखुलाइएको भन्दै यातायात व्यवसायीले जोर-बिजोर प्रणाली नमान्ने बताएपछि आजदेखि यो प्रणाली हटाइएको हो ।

व्यवसायीको चौतर्फी दबाबपछि हिजो जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा भएको सरोकारवालाहरुको छलफलले आजदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो ।

जोर-बिजोर प्रणाली हटाइए पनि कोरोना सङ्क्रमणको जोखिम रहेका कारण गाडी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्नेछ । व्यवसायीले मापदण्ड पालना नगरि गाडी चलाएमा अनुगमन गरी त्यस्ता व्यवसायीहरुलाई कारबाही गरिने काठमाण्डौ जिल्ला प्रशासनले चेतावनी दिएको छ ।

गाडी सञ्चालकहरुले सङ्क्रमणको अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ को पूर्ण पालना भए-नभएको सम्बन्धमा ट्राफिक प्रहरीलगायतका निकायले अनुगमन गर्ने प्रशासनले जनाएको छ ।

बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा यातायात मजदुरका प्रतिनिधिको सहभागिता थियो ।

बिहीबारको सहमति अनुसार यातायात व्यवस्था विभागले यसअघि जारी स्वास्थ्य मापदण्ड व्यवसायी र मजदुरले पालना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com