ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुर १ को प्रदेश ‘क’ मा वाम र ‘ख’ मा नेमकिपा विजयी


admin

नगरकोट, २५ मंसिर । भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का हरिशरण लामिछाने विजयी हुनुभएको छ । उहाँ १२ हजार ७८९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीवन खत्रीले नौ हजार ९७४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, सात हजार १९ मत ल्याएर नेमकिपाका नीरज लवजू तेस्रो स्थानमा रहनुभएको छ ।

यस प्रदेशमा कूल ३८ हजार ९७६ मतदाता थिए जसमध्ये २९ हजार ३३१ मत खसेको थियो ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘ख’ मा भने नेमकिपाका उम्मेदवार सुरेन्द्रराज गोसार्इं भारी मतले विजयी हुनुभएको छ । गोसाईं २३ हजार ८८६ मत ल्याई विजयी हुनुभएको हो । वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का उम्मेदवार रोमन शिलाकार आठ हजार ६८ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभयो भने काँग्रेसका उम्मेदवार अनिल भुजू पाँच हजार ४४३ मतका साथ तेस्रो स्थानमा रहनुभयो ।

यस प्रदेशमा ५५ हजार १८८ मतदाता रहेका थिए । भक्तपुरका चार प्रदेशमध्ये यस प्रदेशमा जिल्लामै सबैभन्दा बढी मत खसेको थियो । यहाँ ७७.३१ प्रतिशत अर्थात् ४२ हजार ६६५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले आफ्ना प्रतिद्वन्द्वीको तुलनामा १० हजारभन्दा बढी मत प्राप्त गरी अग्रता लिइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com