ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीको पेस्तोल खोसेर प्रहरीलाई प्रहार गर्न खोज्दा तस्कर समुहकै सदस्य घाईते


एबीसी / संवाददाता

बुटवल, २१ मङ्सिर । आइतबार बिहान बुटवलमा भएको गोली काण्डमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । होटलमा बसेर खाग तस्करीको योजना बनाइरहेकामध्ये एक जना आफ्नै साथीले प्रहार गरेको गोली लागेर घाइते भएको अर्का एक जना फरार रहेको बुटवल प्रहरीले जनाएको छ ।

बिहान नौ बजे बुटवल उपमहानगरपालिका वडा नं ८ मिलनचोकदेखि पूर्वतर्फ सुख्खानगर जाने बाटोमा रहेको कलश होटलमा गोली चलेको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार तस्करीको सूचना पाएर खानतलासी गर्न पुगेको प्रहरी टोलीको पेस्तोल खोसेर तस्करले प्रहरीमाथि नै प्रहार गर्न खोजेका थिए । तर गोली उनकै साथीलाई लाग्यो ।

गोली प्रहारबाट काठमाडौं महानगरपालिका वसन्तपुरका राकेश न्यौपाने गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले बताउनुभयो । उनको चिउडोमा गोली लागेको छ । उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज लगिएको छ ।

प्रहरीका अनुसार खाग तस्कर बसेको प्रारम्भिक सुचनाका आधारमा २ जना प्रहरी सिभिल पोशाकमा होटलमा पुगेका थिए । होटलमा सोधपुछपछि ४ जना बसेको कोठामा बाहिरबाट चुकुल लगाएको थियो । ततपश्चाल ढोका फोरेर प्रहरीको पेस्तोल खोसेर प्रहरीलाई प्रहार गर्न खोज्दा न्यौपानेको चिउँडोमा गोली लागेको थियो ।

गोली हान्ने जाजरकोटको नायकवडा गाउँपालिका ४ का वीरेन्द्रबहादुर सिंह फरार भएका छन् । अन्य २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको बारीकोट गाउपालिका ४ का कर्णबहादुर राउत र सुर्खेतको लेकबेंसी नगरपालिकाका भक्तबहादुर थापालाई पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक खत्रीले बताउनुभयो । घटनास्थलबाट प्रहरीले खाग लगायतका सामग्री बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com