ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, अलैँचीको भाउमा भने गिरावट


ABC NEWS

इलाम, ३० असोज । प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ ।

गएको आर्थिक वर्ष २०७६÷७७ को साउन–भदौमा रु ६४ करोड २३ लाख एक हजार बराबरको चिया निकासी भएकामा यस आव साउन–भदौमा रु एक अर्ब ५८ करोड ६६ लाख ५७ हजार मूल्य बराबरको चिया निकासी भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार गएको आव २०७६/७७ मा २३ लाख ५० हजार ७९० किलो चिया निकासी भएकामा यस आवमा बढेर ५३ लाख १७ हजार ५८२ किलो चिया निर्यात भएको छ । चियाको निकासी र आम्दानी ह्वात्तै बढ्नुका कारण भने भारतमा चिया उत्पादन कम हुनु भएको सरोकारवालाको भनाइ छ ।

कोरोना र मौषमले भारतमा चिया उत्पादन घटेकाले भारतमा नेपाली चियाको माग बढेको नेपाल टी एशोसिएशनका अध्यक्ष कमल मैनाली बताउँछन् । उनी भन्छन्, “भारतमा २५ प्रतिशत चिया उत्पादन घटेको छ । त्यसैले चियाको निकासी नेपालमा बढेको हो ।” मैनालीका अनुसार नेपालका चिया किसानले चियाको उल्लेखीय मूल्य पाएकाले बढी निकासी भएको हो । निकासी बढे पनि नेपालमा चियाको उत्पादन भने नबढेको सरोकारवालाको भनाइ छ । गएको आर्थिक वर्ष कोरोनाका कारण निकासी नभएको चिया पनि यस आव निकासी हुँदा तथ्याङ्क बढेको हुनसक्ने अनुमान गरिएको छ ।

चियाको निकासी सधैँ अस्थिर रहने भएकाले पनि घटबढ भइरहन्छ । तर यस वर्षको शुरुमा भने अत्यन्त बढी अन्तर आएको छ । जुन अन्तरका कारण नेपालमा निकासी हुने वस्तुको दोस्रो बढी निकासी हुने वस्तुमा चिया परेको छ । वर्षको शुरुमा अन्तर बढे पनि वर्षभरको तथ्याङ्कमा फरक नपर्ने बताउनुहुन्छ, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार आव २०७४/७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ किलो चिया निर्यात भएकामा गत आव २०७५/७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो निर्यात भएको तथ्याङ्कले देखाउँछ । यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ ।

घट्यो अलैँची, अदुवामा सामान्य सुधार
आर्थिक वर्षको शुरुमा अलैँचीको निकासी गएको वर्षको तुलनामा घटेको छ भने अदुवाको तथ्याङ्क भने सामान्य बढेको छ । गत आव २०७६/७७ साउन–भदौ मा रु ११ करोड ८३ लाख ५० हजार मूल्यको अदुवा निकासी भएकामा यस आव साउन–भदौमा रु १३ करोड ८४ लाख ७२ हजारको अदुवा निकासी भएको छ ।

केन्द्रको तथ्याङ्कअनुसार गत आव साउन–भदौमा २२ लाख ५९ हजार ४३१ किलो अदुवा निकासी भएकामा यस आव साउन–भदौ मा २८ लाख ७९ हजार १०० किलो निकासी भएको छ । अदुवाले गत आवको तुलनामा १७ प्रतिशत आम्दानी वृद्धि गर्दै कूल निकासीको शून्य दशमलव सात प्रतिशत ठाउँ ओगट्न सफल भएको छ ।

यता अलैँचीको तथ्याङ्कमा भने सामान्य सुधार भए पनि गएको आवको तुलनामा घटेको देखिन्छ । गएको आव २०७६÷७७ साउन–भदौमा रु एक अर्ब दुई करोड ५९ लाख ८९ हजारको अलैँची निकासी भएको छ भने यस आव २०७७र७८ मा रु ९६ करोड सात लाख १६ हजार मूल्यको निकासी भएको देखिन्छ । गत आर्थिक वर्ष २०७६/७७ साउन–भदौमा १२ लाख ७५ हजार २९४ किलो अलैँची नेपालमा निर्यात भएकामा यस आव २०७७/७८ साउन–भदौमा १२ लाख ८४५ किलो अलैँची निर्यात भएको केन्द्रको तथ्याङ्कले देखाउँछ ।

विभिन्न समस्याले अलैँचीको भाउमा गिरावट आएकाले पनि परिमाण र आम्दानी खुम्चिएको सरोकारवालाको भनाइ छ । कोरोनाका कारण किसान र व्यवसायीसँग भण्डारणमा रहेको पुरानो अलैँची बाहिरी देशमा निकासी नभएकाले घटेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीको भनाइ छ । गत वर्षको अलैँची निकासी नभएको र यस वर्षको अलैँची उत्पादन भइसकेकाले पनि अलैँची सुधार नभएको अध्यक्ष कार्की बताउँछन् ।

यस्तै वर्षेनी अलैँचीको भाउमा गिरावट आएकै कारण पनि आम्दानी घटेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृका घिमिरेको भनाइ छ । पाँच वर्षअघि अलैँचीको मूल्य रु एक लाखप्रति मन ४० किलो भएकामा अहिले प्रतिमन रु २० देखि ३० हजारको अनुपात छ । यसरी अलैँचीको बिक्री मूल्य घटेकाले पनि आम्दानी घटेको घिमिरेको भनाइ छ । यस आर्थिक वर्षमा कृषिजन्य पदार्थले कूल ३२ दशमलव छ प्रतिशत ओगटेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com