ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैज्ञानिक अध्ययनको निश्कर्ष,- ‘ओ’ रक्त समूहका व्यक्ति कोरोना संक्रमित हुने सम्भावना निकै कम


ABC NEWS
कार्तिक ३, २०७७ सोमबार  ८ : ३९ बजे

काठमाडौं   ३ कात्तिक। दुई छुट्टाछुट्टै अनुसन्धानले ‘ओ’ रक्त समूहका व्यक्ति कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने सम्भावना अपेक्षाकृत कम भएको देखाएको छ । संक्रमित भएको अवस्थामा समेत उक्त रक्त समूहका व्यक्तिमा जटिल समस्या उत्पन्न नहुने अनुसन्धानबाट प्राप्त निचोडले देखाएको छ ।

केही दिन अघि प्रकाशित उक्त अनुसन्धानको नतिजाले विज्ञहरुले यसबारेमा थप अध्ययनको आवश्यकता औंल्याएका छन् । अनुसन्धानकर्ताले रगत समूहले सङ्क्रमण फैलन अतिसंवेदनशील भूमिका निर्वाह गर्न सक्ने र संक्रमितको स्वास्थ्य अवस्था जटिल हुनमा रगत समूहले समेत निर्धारण गर्ने तथ्य औल्याएका छन । कोभिड–१९ को सङ्क्रमण र रगत समूहको सम्बन्धबारे अनुसन्धानले स्पष्ट गरेको छैन । यद्दपी यसबारे थप अध्ययनको लागि सुझाइएको छ ।

सीएनएनका अनुसार डेनमार्कमा गरिएको अनुसन्धानमा सात हजार ४ सय २२ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्थाबारे अध्ययन गरिएको थियो । जस्मा ३८.४ प्रतिशत ‘ओ’ रगत समूहका संक्रमित फेला परे । संक्रतिम नभएका करिब २२ लाख जनसंख्यामध्ये ‘ओ’ रगत समूहका ४१.७ प्रतिशत थिए । ‘ए’ रगत समूहका करिब ४४.४ प्रतिशत सङ्क्रमित थिए । डेनमार्कको कुल जनसंख्याको करिब ४२.४ प्रतिशत ‘ए’ रगत समूहका छन् । त्यसैगरी, क्यानाडामा गम्भिर रुपमा बिरामी भएका ९५ जना सङ्क्रमितमा गरिएको अनुसन्धानमा ८४ प्रतिशत ‘ए’ र ‘एबी’ रगत समूहका थिए ।

दुबै रगत समूहका ब्यक्तिमा ‘ओ’ र ‘बी’ रगत समूहका भन्दा बढी मात्रामा भेन्टिलेशन उपचारको आवश्यकता देखियो । क्यानाडामा गरिएको अध्ययनले ‘ए’ र ‘एबी’ रगत समूहका व्यक्तिलाई ‘ओ’ र ‘बी’को अपेक्षा बढी समय सघन उपचार कक्षमा बस्नुपर्यो । औसतमा ‘ए’ र ‘एबी’ रगत समूहका व्यक्ति १३.५ दिन आईसीयूमा बिताउनुभयो । ‘बी’ र ‘ओ’ रगत समूहका व्यक्ति नौ दिन आईसीयूमा बस्दा निको भएको देखिएको छ । यूनिभर्सिटि अफ ब्रिटिश कोलम्बियामा मेडिसिन विभागका प्राध्यापक मिपिन्दर सेखोनले भन्नुभएको छ, ‘थप अध्ययन नभएसम्म ए रगत समूहकाले थुप्रै चिन्ता गर्नुपर्ने र बी वा ओ रगत समूहकाले आफू स्वतन्त्र रहेको ठान्नु हुन्न ।’ सेखोन क्यानाडामा गरिएको अनुसन्धानमा संलग्न हुनुहुन्थ्यो ।

अधिकांश मानवको रगत समूह चारमध्येको एक हुन्छ । ‘ए’, ‘बी’, ‘एबी’ वा ‘ओ’ चार रगत समूह हुन । अमेरिकामा अधिकांश व्यक्ति ‘ओ’ वा ‘ए’ रगत समूहका छन् । अनुसन्धानमा संलग्न नरहेका अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका एकजना विद्वान डा. अमेश अदैजाले व्यक्तिको रगत समूहले कोभिड–१९ संक्रमणको अतिसंवेदनशीलता निर्धारणमा भूमिका खेल्न सक्ने बताउनुहुन्छ । गत् जुन महिनामा द् न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुवांशिक अध्ययन शोधमा ‘ए’ रगत समूहका व्यक्तिमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको र ‘ओ’ रगत समूहका व्यक्तिमा जोखिम कम रहेको उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

सम्बन्धित

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com