ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोका- पूर्वी रुकुमको पहिलो प्रत्यक्ष निर्वाचित महिला सांसद


admin

काठमाडौँ, २२ मंसिर । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कमला रोका पूर्वी रुकुमबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो निर्वाचित महिला सांसद बन्नुभएको छ । कान्छो जिल्लाको रुपमा परिचित पूर्वी रुकुमबाट विजयको खाता खोलेर वाम गठबन्धनका उम्मेदवार रोकाले संघीय नेपालको नयाँ यात्रा शुरु गर्नुभएको छ ।

माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा महिला छापामारको रुपमा युद्धमा सहभागी हुने थोरैमध्ये रोका एक हुनुहुन्छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन लड्ने थोरै महिलामध्ये रोका एक उम्मेदवारको रुपमा मैदानमा उत्रनु भएको थियो । रोकाले प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई छ हजार २८ मत अन्तरले पराजित गर्नुभएको हो ।

निर्वाचन आयोगले प्रकाशित गरेको आधिकारिक तथ्याँकअनुसार वाम गठबन्धनका साझा उम्मेदवार रोकाले १० हजार ४३४ मत ल्याउनुभएको थियो । सो निर्वाचन क्षेत्रका दुवै प्रदेशसभा सदस्यमा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

विसं २०४६ देखि नै राजनीतिमा लाग्नुभएका रोका कक्षा १० मा अध्ययन गर्दागर्दै भूमिगत हुनुभएको थियो । उहाँले २०५२ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको संघर्षमा पूर्णकालीन भई भूमिगत राजनीति शुरु गर्नुभएको थियो । छापामारको रुपमा उहाँ विभिन्न लडाइँमा अग्रभागमा रहेर लड्नुभएको थियो ।

माओवादीका नेताहरुका अनुसार उहाँ माओवादीको पहिलो महिला छापामारसमेत हुनुहुन्थ्यो । विसं २०३२ पुस १५ गते रुकुमको प्वाँङमा जन्मनुभएकी रोका ‘महिला कमजोर हुँदैनन्, पुरुष जतिकै सक्षम छन्’ भन्ने मान्यता स्थापित गर्न सफल हुनुभएको छ ।

उहाँ २०५३ सालमा माओवादी जिल्ला समितिको सदस्य हुनुभएको थियो । विसं २०६१ सालमा माओवादीको केन्द्रीय सदस्यमा रुपमा निर्वाचित हुनुभएका रोका हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यसमेत हुनुहुन्छ ।

रुकुमको अति दुर्गम मगर किसान परिवारमा जन्मनुभएकी रोका लेखिकासमेत हुनुहुन्छ । कथा तथा निबन्धका साथै विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ समेत लेख्दै आउनुभएको छ ।

अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित वृत्तचित्र ‘दी सारी सोल्जर’मा रहेका विभिन्न पात्रहरूमध्ये एक साहसी पात्रको रुपमा रोकालाई उल्लेख गरिएको छ । उक्त वृत्तचित्रमा साहसी महिलाको रुपमा नेकपा(एमाले)का नेत्री रामकुमारी झाँक्रीलाई समेत समेटिएको छ ।

युवा तथा खेलकुदमन्त्रीसमेत बन्नुभएको रोका प्रतिनिधिसभामा पूर्व रुकुमबाट निर्वाचित भएर नयाँ इतिहास रचना गरेको भरतपुर महानगरपालिका प्रमुख रेणू दाहालको टिप्पणी छ ।

उहाँका श्रीमान् गणेशमान पुन पूर्व आपूर्तिमन्त्री एवं वाइसिएलको पूर्वअध्यक्ष हुनुहुन्छ । पूर्वी रुकुमबाट निर्वाचित भएपछि रासससँग कुरा गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रोकाले आफूलाई मतदान गर्ने मतदाता तथा आमजनताप्रति आभार प्रकट गर्नुभएको छ ।

उहाँले प्रशासन, निर्वाचन आयोग, सुरक्षाकर्मीसहित सबै सरोकार भएकालाई समेत धन्यवाद ज्ञापन गर्नुभएको छ ।

जनतासमक्ष गरेको वाचा स्मरण गर्दै उहाँले भन्नुभयो – “विगतमा राजतन्त्रको अन्त्य गर्ने वाचा गरेका थियाँै । जनताले साथ दिएकाले मुलुकमा गणतन्त्र स्थापना भयो । संविधान लेख्ने कार्यभार लिएर जनतामा गयौँ र त्यो कार्य समेत पूरा ग¥यौँ । अहिले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण घडीमा हामी वाम गठबन्धनका तर्फबाट निर्वाचित भएका छौँ । यो नै खुशीको विषय हो ।”

कान्छो जिल्ला पूर्वी रुकुममा भौतिक पूर्वाधारसहित जनतालाई सक्षम बनाउने अभिभारा पूरा गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

उहाँसँगै प्रदेश क मा तेजबहादुर ओली र ख मा पूर्णबहादुर घर्तीले विजय हासिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com