ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ABC EXit Poll : बाम गठवन्धन ९७, कांग्रेस गठवन्धन ३८ र मधेश गठवन्धनको १५ सिट


एबीसी न्यूज
मंसिर २१, २०७४ बिहीबार  ८ : ०५ बजे

काठमाडौं २१ मंसिर । एबीसी टेलिभिजनले गरेको एक्जिट पोलमा बाम गठवन्धनको सहज बहुमत आउने देखिएको छ । पोलका अनुसार बाम गठवन्धनले प्रत्यक्षतर्फको १६५ सिट मध्ये कम्तीमा ९७ सिट प्राप्त गर्ने देखिएको छ । सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस नेतृत्वको गठवन्धनको ३८ स्थान आउने देखिएको छ । मधेशी गठवन्धनले १५ स्थान प्राप्त गर्दा अन्य दलले ३ स्थान प्राप्त गर्ने देखिन्छ । एबीसी पोलका अनुसार १२ सिट तिव्र प्रतिस्पर्धी सिट देखिएका छन् । तिव्र प्रतिस्पधी सिटहरुमा पनि बाम गठवन्धन र नेपाली कांग्रेसको नै प्रतिस्पर्धा रहेको छ । नेपाली कांग्रेसको नेतृत्वमा राप्रपाका दुई वटा समूह र नयां शक्ति सहितका केही साना दल रहेका छन् । मधेशका कतिपय स्थानमा कांग्रेस गठवन्धन र मधेश गठवन्धनका बीचमा समेत तालमेल भएको छ ।
एबीसी एक्जिट पोलका अनुसार बाम गठवन्धनका दुई दलले समानुपातिकमा कम्तीमा ४५ प्रतिशत मत प्राप्त गर्ने छ । त्यो मतका आधारमा समानुपातिक सिट संख्या ५० को आसपासमा हुनेछ । कांग्रेस गठवन्धनले समानुपातिकमा ३० प्रतिशतको आसपास मत ल्याउने देखिन्छ ।


केन्द्रीय संसदको २७५ मध्ये बहुमत सरकार गठन गर्न कम्तीमा १३८ सिट संख्या आवश्यक पर्दछ । बाम गठवन्धनले १५०को आसपासमा सहजै संख्या पु¥याउने एबीसी एक्जिट पोलले देखाएको छ । त्यो संख्या अझै बढ्न सक्ने अधिक सम्भावना छ ।


बाम गठवन्धनको सहज बहुमत आउंदा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने निश्चित भएको टेलिभिजनले घोषणा गरिदिएको छ ।
एबीसी टेलिभिजनले यस अघि सम्पन्न स्थानीय तहको निर्वाचनका बेलाका तीनै चरणमा गरेको एक्जिट पोल ९९प्रतिशत मिलेको थियो । अन्य देशमा जस्तै नेपालमा पनि चुनावलाई उत्सवका रुपमा लिनका लागि एबीसीले एक्जिट पोलको नयां अभ्यास गरेको एबीसीका अध्यक्ष तथा समाचार प्रमुख शुभशंकर कंडेलले बताए ।


पोलका अनुसार बाम गठवन्धनले ५९ प्रतिशत स्थान जित्ने देखिएको छ भने नेपाली कांग्रेसले २३ प्रतिशत र मधेशी गठवन्धनले ९ प्रतिशत र अन्य साना दलले २ प्रतिशत स्थानमा जित्न सक्ने छन् । पोलका अनुसार ७ प्रतिशत स्थान अनिर्णित अर्थात तिव्र प्रतिस्पर्धी रहेका छन् ।


टेलिभिजनले ओपिनियन पोल गर्ने योजना बनाए पनि निर्वाचन आयोगले रोक लगाएका कारण स्थगन गर्न परेको टेलिभिजन व्यवस्थापनले जनाएको छ ।
नेपालमा गणतन्त्रको स्थापना, संविधानसभाबाट संविधान र कुनै पनि हालतमा संविधानका कार्यान्वयनका लागि निर्वाचन हुनु पर्ने विषयमा एबीसीले अग्रस्थानमा रहेको अभियान चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

इरानमा विद्रोह गराउन असम्भव रहेको ट्रम्पको स्वीकारोक्ति

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com