ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा निर्वाचनका लागि सबै तयारी पूरा


admin

भद्रपुर, १९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्लामा सुरक्षालगायतका सम्पूर्ण तयारी भइसकेको जनाइएको छ ।

निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका र उनीहरुले सम्पादन गर्नुपर्ने कार्य पनि तीव्र गतिमा गरिरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो । उहाँले सुरक्षाका निम्ति केही चुनौती भए पनि सुरक्षाका सबै संयन्त्र परिचालन गरिसकेकाले मतदातालाई मतदान केन्द्रमा निर्भयका साथ मतदान गर्न आग्रह गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँच लाख ८५ हजार २२८ मतदाता रहेको झापामा महिला मतदाता दुई लाख ९६ हजार ३६२ र तेस्रोलिंगी नौजना छन् । पाँचवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभातर्फ ५७ प्रदेशसभातर्फ ८४ जना उम्मेदवार चुनावी मैदान उत्रिएका छन् । प्रतिनिधिसभातर्फ दुई महिला र प्रदेशसभातर्फ चार महिला उम्मेदवार छन् भने प्रतिनिधिसभातर्फ सात स्वतन्त्र उम्मेदवार र प्रदेशसभातर्फ छजना स्वतन्त्र उम्मेदवार छन् ।
निर्वाचनलाई व्यवस्थित बनाउन झापामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम गरिएकामा ३९ अतिसंवेदनशील, १०४ संवेदनशील र १३० वटालाई समान्य अवस्थामा रहेकाले सोही अनुसार सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताउनुभयो ।

सुरक्षाको प्रबन्ध निकै बलियो बनाइएकाले जनताले निर्भिकताका साथ आ–आफ्ना मतदान केन्द्रमा गएर मतदान गर्न उहाँले आग्रह गर्नुभयो । एक मतदान केन्द्रमा आठजना कर्मचारी रहने व्यवस्था मिलाइएको छ । जिल्लामा निर्वाचनलाई धाँधलीरहित, व्यवस्थित, निष्पक्ष बनाउन प्रत्येक निर्वाचन क्षेत्रमा संयोजक रहने गरी अनुगमन समिति बनाएको छ । निर्वाचन क्षेत्र नं १ मा कृष्णचन्द्र पौडेल, २ मा पदम कार्की, ३ मा प्रेमप्रसाद न्यौपाने, ४ मा ज्ञानेन्द्र ओझा र ५ मा खेमराज ओझालाई अनुगमनका लागि जिम्मेवारी प्रदान गरेको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताउनुभयो ।

निर्वाचनका बिषयमा गौरीगञ्ज निवासी विजय अग्रवालले जनताबाट छानिएका प्रतिनिधिबाट निर्माण भएको संविधानपछि पहिलो पटक हुन लागेको यो निर्वाचनले नेपाली जनताको भाग्य खोल्ने धारणा व्यक्त गर्नुभयोे ।
कुमरखोद निवासी लखिकुमारी गणेशले मुलुकमा समृद्धि र विकासको ढोका खोल्ने यो निर्वाचनका लागि हामी अत्यन्त उत्साहित एवं हौसिएका छौँ अब नेपाल विकासमा पछि पर्नु हँुदैन भन्नुभयो । मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालले जनताले चाहेको विकास र समृद्धिका निम्ति यो निर्वाचन कोशेढुंगा साबित हुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com