ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा सुरक्षा सतर्कतामा वृद्धि


admin

सप्तरी, १९ मंसिर । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको यही मंसिर २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

मतदान केन्द्र तथा मतदाता र नेता तथा कार्यकर्ताको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । जिल्लाका सम्बन्धित मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी सुरक्षा निकाय र मतदानको सामग्री पुगिसकेको सप्तरीका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन कार्यालयका अनुसार चार प्रतिनिधिसभा र आठ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्लामा तीन लाख ४६ हजार २१४ मतदाता रहेको बताइएको छ ।

चारै प्रतिनिधिसभा क्षेत्रमा ५५ तथा आठ प्रदेशसभा क्षेत्रमा ९७ गरी १५२ उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लामा एउटा पनि मतदानस्थल सुरक्षाका दृष्टिकोणले सामान्य नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाका कूल २९५ मतदानस्थलमध्ये २०७ अतिसंवेदनशील र ८८ संवेदनशीलताको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

जिल्लाका अधिकांश मतदानस्थल भारतीय सीमासँग जोडिएका कारण पनि मतदानस्थलमा हुन सक्ने आपराधिक गतिविधिलाई ध्यानमा राखी मतदानस्थल सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । यसैबीच मौनअवधिमा पनि राजनीतिक दलले घरघरमा पुगेर मत माग्ने काम जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com