ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङमा सुरक्षा व्यवस्था कडा


admin
मंसिर १९, २०७४ मंगलबार  २ : ११ बजे

विराटनगर, १९ मंसिर ।  जिल्ला प्रहरी कार्यालय मोरङले यही मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मोरङ जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ ।

मतदातालाई निर्वाचनमा भयरहित वातावरणमा मतदान गर्न सबै मतदानस्थल तथा केन्द्रमा सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले राससलाई बताउनुभयो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लामा चारै सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सीमा क्षेत्रमा विस्फोटक पदार्थ र हातहतियार जाँच गर्ने प्रशिक्षित कुकुरसहितको प्रहरी परिचालन गरिएको छ । नेपाल –भारत आवतजावत गर्ने मानिस एवं सवारी साधनमाथि विशेष निगरानी बढाएर जाँच र खानतलासीलाई तीव्र पारिएको छ । यस्तै विभिन्न ग्रामीण तथा शहरका शंकास्पद स्थानमा विशेष जाँच व्यवस्था गरिएको छ ।

यसैगरी सशस्त्र सीमा सुरक्षा बल मोरङले मतदाताको सुरक्षाका लागि विशेष अभियान सञ्चालन गरेको छ । सशस्त्र प्रहरीले निर्वाचनस्थल र केन्द्रको सुरक्षाका लागि नेपाली प्रहरीसंँग संयुक्त सुरक्षा गरिरहेको सीमा सुरक्षा बल मोरङका सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले राससलाई बताउनुभयो ।

सशस्त्र प्रहरीले नेपाल–भारतको ६३ किमी सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसँग एक हप्ता अगाडिदेखि संयुक्त रुपमा गस्ती गरिरहेको छ । मतदाता, उम्मेदवार, मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा दिनका लागि नेपाल प्रहरीलाई सहयोग पु¥याउन सशस्त्र प्रहरीका २१ कार्यालयबाट सशस्त्र प्रहरी परिचालन भएका छन् ।

सशस्त्र उपरीक्षक शाहले हातहतियार तथा विस्फोटक पदार्थ नियन्त्रण गर्न भारतीय सीमालगायत जिल्लाका विभिन्न स्थानमा आकस्मिक रुपमा सवारीसाधन तथा व्यक्तिलाई जाँच गर्ने गरेको बतउनुभयो । जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र म्यादी प्रहरी तीन हजार १५७ सहित करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

एमालेलाई जिताउन ‘आफू र आफ्ना’लाई सक्रिय बनाउन ओलीको निर्देशन

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेन–जीका मुख्य नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com