ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता


admin

जुम्ला, १७ मंसिर । न कोलियामा बत्ती छ, न त सुताइबसाइँमा न्यानोपन । नवनिर्मित उच्च सरकारी वकिल कार्यालयको सिमेन्टको कोलियामा मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न निकै सकस भएको छ ।


मंसिर १० गते बेलुकादेखि मतपेटिका कुर्दै आएका लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्तालाई सात रात सात महिना जत्तिकै लागेको छ । प्रत्यक्षतर्फको प्रतिनिधि र प्रदेशसभा तथा समानुपातिकतर्फको मतपेटिका आसपासका कोठामा राखी सिल गरिएको ढोका नजिक कुरुवा बसेका उनीहरुले एक सातादेखि मतदाताको मतमा कुठाराघात हुने शंकाले २४सै घण्टा पहरेदारी गर्दै आएको बताएका छन् ।

मतपेटिकाको कुरुवा बसेका लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता तेजेन्द्र हितानले नेपाली काँग्रेसको जित हुनेमा आफू ढुक्क रहेको बताउनुभयो । “जनता काँग्रेसका पक्षमा रहेको जनाउँदै हितानले वाम गठबन्धनभित्रको किचलो र विवाद आफ्नो जितको प्रमुख आधार हो”– भन्नुभयो । मंसिर १० गतेको चुनावमा वाम गठबन्धनभित्रकै नेताले गरेको क्रियाकलापले हाम्रो जितलाई सुनिश्चित गरेको दाबी गर्दै उहाँले भन्नुभयो ।

कुरुवामा बसेका वाम गठबन्धनका कार्यकर्ता चक्रबहादुर रावलले ६ नं प्रदेशमै वाम गठबन्धनको अग्रिम जित रहेको बताउनुभयो । “जुम्ला वाम गठबन्धनको जिल्ला हो, हाम्रो जित सुनिश्चित भइसकेकाले घोषणाको दिन पर्खाईका लागि हामीले आफूलाई जाडो मौसम अनुकूलित बनाएर बसेका छौँ”– उहाँले भन्नुभयो ।
बजारका चियापसल तथा प्रतीक्षालयमा लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्ता भने बिहानै माइनस ५÷६ डिग्री सेन्टिग्रेडको तापक्रम क्रुर चिसोमा तातो बहस चलाएर तर्कवितर्क गरिरहेको पाइन्छ । वाम गठबन्धनका अघि निकै कमजोर मानिएको लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनभित्र चुलिएको विवाद र अनुमानित अन्तरघातलाई जितको मुख्य कडी बनाएको पाइन्छ ।
वाम गठबन्धनले प्रतिनिधिसभा सदस्य र प्रदेश क्षेत्र नं (ख) को उम्मेदवारको विजय घोषणा हुन मात्र बाँकी रहेको बताएको छ । ३१ हजार ७१४ मतदाता रहेको क्षेत्र नं (क) मा २३ हजार ६२९ मत खसेको थियो । त्यसमा झण्डै ६६ प्रतिशत आफ्नो हिस्सामा राखेको वाम गठबन्धनले घातले जितमा कुनै असर नपर्ने जनाएको छ ।

आठ÷आठ घण्टाको फरकमा एक अर्को गठबन्धनका कार्यकर्ताले पालैपालोगरी मतपेटिका कुर्ने काम गरिएको जनाइएको छ । प्रतिस्पर्धी देखिएका दुवै गठबन्धनका उम्मेदवारलाई भने जनताले न्याय गर्ने दिनको पर्खाईले निकै छटपटी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com