ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरीमा प्रतिष्ठाको लडाइँ


admin

गौशाला, १७ मंसिर । महोत्तरी क्षेत्र नं २ मा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

काँग्रेसबाट किरण यादव र राष्ट्रिय जनता पार्टी नेपालबाट सो पार्टीका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी उम्मेदवार हुनुहुन्छ । दुवैजनाबीच प्रतिष्ठाको लडाइँ जारी छ । यादव संविधानसभाको पहिलो निर्वाचनमा समानुपातिकतर्फ तथा संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको हो ।

सुखदुःखमा साथ दिनुका साथै विकास निर्माण गरेका कारण आफ्नो जित सुनिश्चित रहेको यादव बताउनुहुन्छ । राष्ट्रिय जनता पार्टी नेपालका भण्डारी विगतका निर्वाचनमा महोत्तरीको अलगअलग क्षेत्रबाट चुनाव लडेका कारण आफू सहजै विजयी हुने काँग्रेस उम्मेदवार यादवको दाबी छ । भण्डारी संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नं १ र क्षेत्र नं ६ बाट चुनाव हार्नुभएको थियो ।

तर राजपा नेपालका उम्मेदवार भण्डारी भने आफू आफ्नै क्षेत्रबाट चुनाव लडेको बताउनुहुन्छ । राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालबीच चुनावी तालमेल भएकाले आफू विजयी हुने उहाँ दाबी गर्नुहुन्छ ।

क्षेत्र नं २ बाटै वाम गठबन्धनका कासिम अन्सारी उम्मेदवार हुनुहुन्छ । उहाँले आफू एमाले र माओवादी केन्द्रको संयुक्त उम्मेदवार रहेकाले भारी मतले विजयी हुने बताउनुभयो ।

यस्तै, क्षेत्र नं ३ मा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजपा नेपालकै बागी उम्मेदवार चन्देश्वर झा र वाम गठबन्धनका विजयकुमार चौधरीबीच त्रिपक्षीय प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

ठाकुर मधेशलाई अधिकार सम्पन्न, विभेदबाट मुक्ति, न्यायोचित सम्मान र विकासका लागि आफू लड्दै आएका कारण विजयी हुने बताउनुहुन्छ । उहाँले मतदातालाई प्रदेश नम्बर २ मा मधेशी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न आग्रह गर्नुभएको छ । महोत्तरीका जनताले बोलाएका कारण आफू सर्लाही छाडेर आएरको ठाकुरको भनाइ छ । राजपा नेपालको समर्थनमा काँग्रेसले समेत उम्मेदवारी फिर्ता लिएका कारण उहाँ आफ्नो जितमा ढुक्क हुनुहुन्छ ।

स्वतन्त्रबाट चुनाव जितेका पूर्व सांसद झा राजपा नेपालले आफूलाई टिकट दिने प्रलोभन देखाउँदै पार्टी प्रवेश गराएको तर टिकट नदिई आफ्नो राजनीति सखाप पार्न खोजेको आरोप लगाउनुहुन्छ । “यहाँको मतदाताले पुनः मलाई जिताउनेमा ढुक्क छु,” उहाँले भन्नुभयो । विसं २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नं ४ बाट झा स्वतन्त्रका रुपमा झाले चुनाव जित्नुभएको हो ।

वाम गठबन्धनका उम्मेदवार चौधरी यसअघिको निर्वाचनमा एमालेले नै जितेकाले यसपटक पनि आफू जित्ने बताउहुन्छ । उहाँले वाम गठबन्धनकै कारण सो क्षेत्रबाट सबैभन्दा बढी मतान्तरले विजयी हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com