
काठमाडौं, २८ जेठ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी रहेको छ । साँझ ५ः३० बजेबाट जारी बैठकमा लकडाउनको मोडालिटी परिवर्तन बारे ठोस निर्णय हुने अपेक्षा गरिएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेदेखि मुलकमा लकडाउन गरेको छ । लकडाउनका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।








प्रतिक्रिया दिनुहोस्