ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिले खर्च होइन, कोभिड –१९ को चिन्ता गरौँः प्रधानमन्त्री


एबीसी न्यूज
जेष्ठ २८, २०७७ बुधबार  २ : ४३ बजे

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि भएको खर्चमा नभई कोभिड– १९बारे चिन्ता लिन सांसदसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको शीर्षकमाथि उठेका प्रश्नको जवाफका क्रममा उहाँले भन्नुभयो, कहीँ कतै दुरुपयोग भएकै हुन सक्दैन भनेर म दावी गर्दिन, भएकै छ भनेर सोच्नुपर्ने स्थिति पनि देख्दिन, अहिले कोरोना रोकथाम र उपचारका लागि भएको खर्चको हिसाबको चिन्ता नगरौँ, कोभिड– १९ को चिन्ता गरौँ ।

राष्ट्रिय संकटका बेला, सिङ्गो दुनियाँमा यस्तो विपद् आइलागेका बेला यदि कसैले भ्रष्टाचार गर्छ भने कुनै हालतमा सह्य हुन नसक्ने बताउँदै उहाँले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने दृढता व्यक्त गर्नुभयो ।

हिसाब लेखापरीक्षक र आन्तरिक लेखा परीक्षण

कोरोना नियन्त्रण र रोकथामका लागि भएको खर्चको हिसाब महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र आन्तरिक लेखा परीक्षकबाट हुने व्यवस्था रहेको जानकारी दिँदै उहाँले अहिले भएको खर्चमा पारदर्शिता कायम गरिने भएकाले चिन्ता नगर्न उहाँले सांसदलाई सुझाव दिनुभयो ।
नेपालमा हालसम्म पहिचान भएकामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्तिमा कोभिड –१९ संक्रमण भेटिएको बताउँदै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा परीक्षण गर्नुपरेका कारण केही अव्यवस्था देखिए पनि व्यवस्थापनमा सुधार ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

कोभिड –१९ संक्रमणलगत्तै भारतबाट हालसम्म दुई लाख २२ हजार ६१४ जना नेपाली स्वदेश आएकामा हाल दैनिक पाँच हजार हाराहारीमा आएका छन् । एकलाख ६५ हजार ७७५ जना क्वारेन्टाइनमा छन् । ठूलो संख्यामा एकैपटक क्वारेन्टिनमा राख्नुपरेको र पिसिआर टेष्ट गर्नुगरेको बताउँदै प्रधानमन्त्री ओलीले हालसम्म चार हजार ८५ जनामा कोरोना संक्रमण भेटिएको र संक्रमितमध्ये ५८४ जना उपचारपछि निको भएर घर फर्केको जानकारी दिनुभयो ।

नेपालीमा प्रतिरोध क्षमता राम्रो

मृत्यु भएका १५ जना कोरोनाकै मात्रै कारणबाट नभई कतिपय अरु रोगबाट सिकिस्त हुँदा कोरोना संक्रमण भएको बताउँदै उहाँले मृत्यु हुनेको संख्याको तुलनामा निको भएर फर्कनेको संख्या निकै राम्रो भएको उल्लेख गर्नुभयो । नेपालीमा प्रतिरोध क्षमता र उपचारको प्रबन्ध निकै राम्रो भएकाले संक्रमित र अरु देशको तुलनामा मृत्यु हुनेको संख्या आगामी दिनमा ठूलो नहुने जिकिर गर्नुभयो । विदेशमा १४ हजार ४१४ गैरआवासीय नेपालीमा कोरोना संक्रमण रहेको तथा १३ मुलुकमा १२७ नेपालीको निधन भएको, अहिले दैनिक पाँच हजारको संख्यामा कोरोना परीक्षण भइरहेको र नयाँ प्रविधिको प्रयोग गर्ने विषयमा सरकारले तदारुकताका साथ काम भइरहेको जानकारी प्रधानमन्त्रीले दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म पिसिआर प्रविधिबाट एक लाख ६ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइनको क्षमता दुई लाख ३५ हजार ५९६ तयार गरिएको छ । सरकारी र निजी क्षेत्रका गरी अहिले मुलुकमा आठ हजार ३३ सामान्य शय्या र नौ सय भेन्टिलेटर छन् । एक सय चौरानब्बे अस्पतालमा एक हजार सात सय आइसियुको व्यवस्था छ ।

योजना आयोगको प्रभावकारिता बढ्दो

प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगले सरकारले दिएको समृद्ध नेपाल र सुखी नेपालीको कार्यक्रमलाई समय कार्यतालिका बनाएर पूरा गर्न योजनाबद्ध ढंगले अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोगले पञ्चवर्षीय योजना बनाएको छ, अनुगमन, मूल्याङ्कन, योजना बैँकमार्फत योजना बनाउने काम गरिरहेको छ ।

अत्यन्तै व्यवस्थित ढंगले योजना र कामलाई अघि बढाएको छ ।”आगामी आर्थिक वर्षको बजेटमा रकमको विनियोजन उपयुक्त ढंगले भएको पनि उहाँले बताउनुभयो । राष्ट्रिय समस्यामा सरकारको गम्भीरताका साथ ध्यान गएको बताउँदै उहाँले भ्रष्टाचार नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम गर्न सरकार तत्पर छ भन्नुभयो । भ्रष्टाचारमा संलग्नलाई कारवाहीको दायरामा ल्याइएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com