
काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले १० अर्ब रुपैयाँ प्रदेश र स्थानीय तहलाई दिएको बताउनु भएको । उहाहरुले सही काममा लगाएको प्रयोग गरेको बताउनु भएको छ । कोरोना संक्रमण रोक्न सरकारले १० अर्ब कहाँ खर्च गर्यो ? भनेर सांसदहरुले गरेको प्रश्नको जफाव दिँदै उहाले यस्तो बताउनु भएको हो ।
उहाले आफू लेखा परीक्षणमा होइन, काममा केन्द्रीत भएको समेत बताउनुभयो । उहाले भन्नुभयो , ‘दिनैपिच्छे लेखा परीक्षण हुँदैन। काममा केन्द्रीत छ।’ उहाले अविश्वासबाट कुरा थाल्नुपर्ने अवस्था नरहेको बताउँदै त्यसको हिसाब किताब सरकारले आफ्नो प्रक्रियाबाट दिने जानकारी गराउनु भयो । उहाले संसदमा भन्नुभो ‘अहिले कतिपय माननीयज्यूले प्रश्न उठाउनुभएको छ। १० अर्ब खर्च भयो भने कहाँ भयो ? केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ। तीन तहका सरकार छन्। उनीहरुलाई दिइएको छ।’अहिले भ्रष्टाचार गर्न पर्खेर बसिरहेका थिए, त्यही गरे होलान् भन्ने आशंका गर्नुपर्ने अवस्था नरहेको बताउदै फिल्डमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधी मेहनत र दुःखका साथ खटिरहेको बताउनुभयो ।
भ्रष्टाचार हुँदै नभएको दाबी चाहिँ नगर्ने तर विश्वास गर्ने बताउदै उहाले भ्रष्टाचार भयो भनेर लाञ्छना लगाउने प्रवृत्ति देखिएको छ भ्रष्टाचार आफूले पनि नसहने र ‘यो सरकारले अपारदर्शिता सहँदैन। कारबाही गर्छ नै। छानविन गर्छ र कानूनको कठघरमा उभ्याउँछ।’ उहाले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्