ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशमा रहेका नेपाली ल्याउने जिम्मा सेनालाई , खर्च आफैँले बेहोर्नु पर्ने


एबीसी न्यूज

काठमाडौं, २० जेठ । प्राथमिकतामा विशेष गरी विदेशमा समस्यामा परेका गर्भवती, सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका नागरिक र कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएका नागरिकलाई स्वदेश ल्याइने जानकारी दिएको छ ।

नेपाल आउनका लागि अनुमति प्राप्त गरेका तर आउन नपाएका, विदेशमा विभिन्न कारणले सजाय तोकिएर पनि आममाफी पाइसकेका, जुनसुकै बहिर्गमन राहदानी पाएका, आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल आउनुपर्ने अवस्थामा रहेका, श्रम करार अवधि समाप्त भई रोजगारी गुमाएकाहरू आउन पाउने छन् । यस्तै ज्येष्ठ नागरिक, सरकारी सेवामा रही तालिममा गएका वा परिवार वा आफन्तको भेटघाटका लागि विदेशमा गएका नागरिक ९जो नेपाल आउन नपाएका छन्०, अध्ययन समाप्त भएका विद्यार्थीलगायतलाई सरकारले प्राथमिकतामा राखेर स्वदेश ल्याउने तयारी गरेको छ । प्राथमिकतामा परेका नागरिकलाई सम्बन्धित मुलुकका कूटनीतिक नियोग र राजदूतावासमा निवेदन दिएपछि स्वदेश फर्काइने छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका अनुसार, विदेशबाट नेपाल आइसकेपछि भन्सार र अध्यागमनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ र यो प्रक्रिया पूरा गरेपछि सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा जानुपर्ने छ । विमानस्थलबाट होल्डिङ सेन्टरसम्म जानका लागि यातायातको व्यवस्था सरकारले नै गर्नेछ र त्यो सेन्टर भक्तपुरको आसपासमा प्रदेशगत रूपमा व्यवस्थापन गरिएको श्रम मन्त्री यादवले जानकारी दिए । उनले विदेशबाट आउनेहरूलाई काठमाडौंमा राख्नका लागि बनाइने होल्डिङ सेन्टरको जिम्मेवारी नेपाली सेनालाई दिइएको र क्वारेन्टाइनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापनको जिम्मेवारी पनि सेनाले नै गर्ने जानकारी दिए । होल्डिङ सेन्टरमा पुगेकालाई ज्वरो नाप्नेदेखि स्वास्थ्य परीक्षणको सम्पूर्ण व्यवस्था नेपाली सेनाको समन्वयमा हुने छ । सो परीक्षणका क्रममा ज्वरो एक सय फरेनहाइटभन्दा माथि देखिएकालाई आइसोलेसनमा राखेर थप उपचार गरिने छ भने नदेखिएकालाई नेपाली सेनाकै समन्वयमा जिल्ला सदरमुकामसम्म पुर्‍याउने व्यवस्था गरिने श्रम मन्त्री यादवले बताउनुभयो  ।

भारतबाहेकका मुलुकबाट आउने यात्रुले हवाई उडान भाडा, यातायात र होटलमा बसेमा त्यसको खर्च स्वयं बेहोर्नु पर्नेछ । यसैगरी, भारतबाट आउनेहरू यातायात र होटल क्वारेन्टाइनको खर्च पनि स्वयं बेहोर्नु पर्नेछ । उच्चस्तरीय समितिले तयार पारी मन्त्रिपरिषद् बैठकले पारित गरिसकेको २६ बुँदे कार्ययोजनामा कार्यान्वयनका लागि नेपाल फर्काउने यात्रुको पहिचान, प्राथमिकीकरण, विवरण सङ्कलन तथा सरोकारवाला निकायमा उपलब्ध गराउन बढीमा १० दिनको समयावधि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

After Xi

Syria’s Uncertain New Order

अमेरिकाभर ट्रम्प–विरोधी प्रदर्शनहरू

Madhesh Unleashes a Bold New Powerhouse: Federal Democratic Front Rises

बिल गेट्स र नरेन्द्र मोदीको सम्वन्धमा कुनै आलोचनान्तमक शब्द छैन : न्यूयोर्क टाइम्स

भाइरसले अल्जाइमर रोगलाई कसरी ट्रिगर गर्छ भन्ने नयाँ खोज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com