ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोना भाइरसको नयाँ संक्रमण र दैनिक मृत्युमा कमि, उपचारपछि निको हुनेको संख्या बढ्यो


एबीसी न्यूज
बैशाख ३०, २०७७ मंगलबार  ७ : १० बजे

काठमाडौं, ३० बैशाख । कोरोना भाइरसको संक्रमणबाट हुने दैनिक मृत्यु र संक्रमणमा तुलनात्मक रुपमा कमि आएको छ । वल्र्डमिटरकोपछिल्लो तथ्यांक अनुसार विश्वभर नयाँ संक्रमण र दैनिक मृत्युमा कमि आएको देखाएको छ ।

गएको २४ घण्टामा विश्वभर ३ हजार २ सय ५२ जनाको मृत्यु भएको छ । जबकी आइतबार एकदिनमा विश्वभर ३ हजार ४ सय १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यस्तै एकैदिन संसारभरबाट ७२ हजार ७ सय ६५ बिरामी थपिएका छन् । आइतबार एकैदिन ७९ हजार ४ सय बिरामी थपिएको थिए । सोमबार ३६ हजार ४ सय ५७ बिमा निको भएका छन् ।

कोभिड–१९ का कारण विश्वभर कुल मृत्यु हुनेको संख्या २ लाख ८६ हजार ९ सय ८६ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ४२ लाख ५० हजार ८ सय ८६ छ भने संक्रमितमध्‍ये हालसम्म १५ लाख २५ हजार १ सय ९३ जना निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा ९३७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८१ हजार ७२४ पुगेको छ । त्यहाँ कुल संक्रमितको संख्या १३ लाख ८४ हजार ६८१ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन् ।

बेलायतमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ भने २ लाख २३ हजार ६० जना संक्रमित छन् । १ लाख ९० हजार ६५१ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

इटालीमा २ लाख १९ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १७९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार ७३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ७४४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १९ हजार ८१४ पुगेको छ । इटालीमा संक्रमितमध्ये १ लाख ६ हजार ५८७ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा २ लाख ६८ हजार १४३ कुल संक्रमित भएका छन् भने २६ हजार ७४४ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ७७ हजार ८४६ जना निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख ७७ हजार ४२३ कुल संक्रमित भएका छन् भने २६ हजार ६४३ जनाको मृत्यु भएको छ । यसैबीच ५६ हजार ७२४ जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा एक लाख ६९ हजार १४३ जना संक्रमित भएका छन् भने ११ हजार ६२५ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ६७ हजार ३८४ जना ठिक भएका छन् । बेल्जियममा ५३ हजार ४४९ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ७०७ जनाको मृत्यु भएको छ । यसैबीच १३ हजार ६९७ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ७२ हजार ५६७ कुल संक्रमित भएका छन् भने ७ हजार ६६१ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ४५ हजार ६१७ सय निको भएर फर्किएका छन् । इरानमा एक लाख ९ हजार २८६ कुल संक्रमित भएका छन् भने ६ हजार ६८५ जनाको मृत्यु भएको छ । यसैबीच ८७ हजार ४३३ निको भएर फर्किएका छन् ।

चीनमा अहिलेसम्म ८२ हजार ९१८ कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार १४४ निको भएर फर्किएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com