ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशमा नेपाली विद्यार्थीहरु ‘डिजिटल रिले अनशन’ मा


एबीसी न्यूज
बैशाख २९, २०७७ सोमबार  ६ : ४१ बजे

काठमाडौं, २९ बैशाख । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले यथाशिघ्र स्वदेश फर्काउन माग गर्दै ‘डिजिटल रिले अनशन’ सुरु गरेका छन् ।

डेढ महिनादेखि आफूहरुको अवस्था खतरा तर्फ धकेलिएको भन्दै उनीहरुले नेपाल सरकारलाई उद्दार गर्न माग गर्दै आएका छन्। आफैले खर्च व्यहोर्ने , सरकारले तोकेको ठाउमा क्वारानटाइन मा बस्न मन्जुर भएको बताएका छन् ।

उनिहरुले विश्वनै यस्तो बिपत परेको अवस्थामा आफुहरु अधिकांश चिकित्सा शास्त्रका बिधार्थी भएकाले आफ्नो सिप र ज्ञानले आफ्नै देश र जनताको सेवामा होमिन तयार रहेको भन्दै आएपनि पनि सरकारले उनीहरुलाई स्वदेश ल्याउन सकेको छैन। बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुको हकहति र अधिकारका बारेमा निरन्तर आवाज उठाउँदै आएका बिधार्थी एवं युवा अभियन्ता नविन यादवका अनुसार गत शुक्रबारदेखि २४सैं घण्टा सरकारलाई दबाब दिने उद्देश्यअनुरुप डिजिटल रिले अनशन जारी राखिएको छ।

बंगलादेशमा रहेर चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले सरकारलाई तत्काल उद्दार गर्न र आफूहरुको रिले अनसनलाई गम्भीरतापूर्वक लिन अनुरोध गरेका छन्। बंगलादेशमा दिनादिनु कोरोनाको संक्रमण तिब्र गतिमा बढ्दै गए पनि लक् डाउन खुल्दै गएपछि, मानिसहरुको जमघट बढ्दै बढ्न थालेको छ , बजार, पसल आदि खुल्न थालेको छ ,यसले बंगलादेश चाडै नै हाइ अलर्ट मा परिवर्तन हुने विद्यार्थीहरु बताउछन् ।

मे को अन्तिम सम्म बंगलादेशमा ५० हजार देखि १ लाख सम्म कोरोन सक्रमित संख्या पुग्न सक्ने अनुमान गरिएको छ । यस्तो बेलामा त्यहाँ रहेका करिब ८०० जना नेपाली बिधार्थिहरु त्रशित एवं अन्यौलमा परेको विद्यार्थी नविन यादव बताउछन् । त्यहाँ रहेका नेपाली राजदुतावासबाट पनि झुठा आश्वाशन बाहेक केहि पहल नभएको भन्दै बिधार्थिहरु आक्रोशित बनेको समेत यादवले गुनासो ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com