ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिमको स्याँलाखदीमा दुई गाऊँका नागरिकहरु विच झडप हुँदा ८ जना घाइते


एबीसी न्यूज


रुकुम, २८ बैशाख ।  रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–३, स्याँलाखदीमा दुई गाउँका नागरिकहरु विच झडप हुँदा ८ जना घाइते भएका छन । सुन्तला पकेट क्षेत्रका लागी सिँचाई गर्ने पानी र आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको विषयलाई लिएर झडप भएको हो ।

घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको आठविसकोट नगर अस्पतालले जनाएको छ । गम्भीर घाइते हुनेमा स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेद्धार उठेका ४६ वर्षीय गोपाल बोहरा सहित २८ वर्षीय गणेश बोहरा र २९ वर्षीय मदन भण्डारी रहेका छन ।
गम्भिर घाईतेहरुलाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ । उनिहरुलाई आज बिहान पाँच बजे नगर अस्पतालमा पु¥याइएको थियो भने ९ बजे रिफर गरिएको हो ।

यस्तै २८ वर्षीया सुत्केरी दिल कुमारी यरी थापा, ६१ वर्षीय अनन्त बुढा, ६० वर्षीय अमृत बोहरा र ४६ वर्षीय मोहन बोहरा सामान्य घाइते भएका छन । यी घाइतेहरु तलिगाऊँका नागरिकहरु हुन । यस्तै माथिगाऊँका शशिराम बुढा पनि समान्य घाइते भएका छन । केही सामान्य घाइतेहरुको आठविसकोट नगर अस्पतालमा उपचार भैरहेको छ ।

रुकुम पश्चिममका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक ठक बहादुर केसीले दुबै समूहको झडप भैरहेका बेला जनशक्ति अभावका कारण प्रहरीले तत्काल स्थिती नियन्त्रणमा लिन नसकेको स्विकार्नुभयो । वडा अध्यक्ष केशरमान विक र स्थानीय अमृत बोहरा हरियाली को समूहबीच झडप भएको उहाँले भनाई छ ।

सामान्य विबादमा झडप भएको भएपनि दूई समूहविच राजनितिक विषयलाई लिएर ठुलो समस्या उत्पन्न भएको प्रहरीको भनाई छ । यी दुई समूह विच पटक पटक विबाद हुँदै आएको छ ।

यसैबीच, हरियालीको समूहले योजनाबद्ध रुपमा माथिगाऊँका स्थानीयलाई आक्रमन गर्न खोजेपछी आफुहरु प्रतिकारमा उत्रिएको वडा अध्यक्ष विकले बताउनुभयो । तल्लो गाउँबाट उनिहरु हतियार सहित माथिल्लो गाउँमा प्रवेश गर्न थालेपछी जीवन रक्षाका लागी आफुहरु भाग्नुभन्दा प्रतिकारमा उत्रिएको उहाँको भनाई छ ।

यता, तल्लो गाउँको समूहले पनि पहिला माथिल्लो गाउँका नागरिकहरुले आफुहरु माथी आक्रमन गरेको बताएका छन । वडा अध्यक्ष विक लगाएत माथिल्लो गाऊँका नागरिकहरुले आफ्नो घरमै आएर कुटपिट गरेको उनिहरुक आरोप छ ।

प्रहरी श्रोतका अनुसार वडा अध्यक्ष विकको समूह भने सम्पर्क विहिन छ । उनिहरुको खोजी भैरहेको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चर्ज प्रहरी निरिक्षक अच्युतराज आचार्यले जानकारी दिनुभयो ।  सबै गाऊँमा खोजी गर्दा पनि फेला नपरेको उहाँको भनाई छ । अहिले घटनास्थलमा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । घटना बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी ठग बहादुर केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com