ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हावाहुरीले क्वारेन्टिनमा क्षति


एबीसी न्यूज

झिमरुक, २८ वैशाख । गए राति हावाहुरीसहित परेको पानीले प्युठान नगरपालिका वडा नं ४ विजुवार गणतान्त्रिक खेलमैदानमा निर्माण गरिएको क्वारेन्टिन उडाएको छ । रातको करिब २ बजे मस्त निद्रामा भएका समयमा पानी परेपछि क्वारेन्टिन उडाएको थियो । लगातार परेको भीषण वर्षा र हावाहुरीको कारण मध्यरातपछि उनीहरु सुत्नै पाएका छैनन् ।
प्युठान २ सिद्धार्थ सामुदायिक संस्थाको क्वारेन्टिनमा १५ दिनदेखि बस्दै आएका आएका पाँच जनाको आरडिटी गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि तिनलाई गणतान्त्रिक खेलमैदानको क्वारेन्टिनमा राखिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताउनुभयो । उनीहरुलाई तत्काल सुरक्षित ठाउँको ब्यवस्थापन गरिने जनाइएको छ । हावाले क्वारेन्टिनका केही संरचना उडाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

जोखिममा रहेकाको पिसिआर परीक्षण
जिल्लामा जोखिममा रहेकाहरुको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ । प्युठान नगरपालिका बाट ११ र गौमुखी गाउँपालिकाबाट २८ गरी ३९ जनाको शनिबार स्वाब संकलन गरी आज प्रदेश जनस्वास्थ्य प्रयोगशाखा भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शनिबार प्युठान –२ दाखाक्वाडीका दुई व्यक्तिमा आरडिटी नतिजा पोजेटिभ देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बहराइनबाट आएका एक, कतारबाट आएका चार र भारतबाट आएका तथा उच्च जोखिममा रहेका २३ सहित गौमुखी गाउँपालिकाबाट २८ र प्युठान नगरपालिकाका ११ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको प्रमुख सुवेदीले जानकारी दिनुभयो । जिल्लाभर क्वारेन्टिनमा रहेका र अन्य जोखिमपूर्ण ठाउँबाट आएका भए स्वाव टेष्ट गराइने सुवेदीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com