ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना निको भएपनि पुन: संक्रमण देखिने बारे यस्तो भन्यो डब्लुएओले


एबीसी न्यूज

काठमाडौं, २८ बैशाख । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले एक पटक ठीक भएका बिरामीमा पुनः कोभिड–१९ को संक्रमण पोजेटिभ देखिनुडब्लूएचओको पछाडि फोक्सोको मरिसकेका कोशिकाहरु जिम्मेवार हुनसक्ने बताएको छ । गत अप्रिलमा दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले १ सयभन्दा बढी कोरोनाभाइरस संक्रमितहरु ठीक भइसकेको केही समयपछि पुनः पाजेटिभ देखिएको बताएका थिए । यसपछि चीनमा पनि यस्तो मामिला बाहिर आएको थियो जसलाई कोरानाको दोस्रो लहर भनेर अनुमान गरिएको थियो । नेपालमा पनि अहिले ३ जनामा यस्तै दोहोरिएको छ ।

डब्लूएचओका प्रवक्ताले एएफपीसँग कुरा गर्दै केही बिरामीहरु क्लिनिकल्ली ठीक भए पनि टेस्टमा पोजेटिभ आएको जानकारी प्राप्त भएको बताए । ‘ताजा तथ्यांक र जानकारीको आधारमा हामी यो भन्न सक्छौँ कि यो पोजेटिभ नतिजा रि–इन्फेक्सन भएर आएको नभएर बिरामीको फोक्सोबाट बाहिर निस्किरहेको मृत्त कोशिकाहरु हुन् जुन पहिले संक्रमित भएका थिए,’ उनले भने, ‘यो बिरामीको ठीक हुने प्रक्रिया हो जसमा शरीर आफै सफाइ शुरु गर्दछ । यसलाई पुनःसंक्रमण भन्न सही हुँदैन ।’

डब्लुएचओको हेल्थ इमर्जेन्सी प्रोग्रामको हिस्सा र संक्रामक रोग महामारीकी विज्ञ मारिया वान केहोबले मृत्त कोशिकाको बारेमा सम्झाउँदै भन्छिन्, ‘जब हाम्रो फोक्सोले आफैलाई ठीक गर्न थाल्छ, तब त्यहाँ रहेको मृत्त कोशिकाहरु बाहिर आउन थाल्छन् । यी फोक्साका सुक्ष्म अंश हुन्छन् जो हाम्रो नाक र मुखको बाटो हुँदै बाहिर निस्कन्छन् । यी कोशिका संक्रामक भाइरस होइनन् । यो पुनः संक्रमण भएको पनि होइन । यो उपचार प्रक्रियाको एक हिस्सा हो । तर, के यसको कारण बिरामीले प्रतिरोधात्मक शक्ति प्राप्त गर्यो रु यसको उत्तर भने हामीसँग अहिले छैन ।’

यता, हङकङ विश्वविद्यालयको औषधी विभागमा कार्यरत संक्रामक रोग विशेषज्ञ प्राध्यापक जिन डोङ यान बिरामीहरुमा दोस्रो संक्रमण वा लगातार संक्रमण नदेखिएको बताउँछन् । उनी भन्छन्, ‘यता त पहिलो चरणमा राम्रो परीक्षण गरिएको थिएन वा बिरामी उपचारको लामो प्रक्रियामा रहेको थियो ।’ उनका अनुसार टेस्ट किटको गुणस्तरदेखि स्याम्पल संकलन गर्ने तरिकाले परीक्षणको नतिजामा प्रभाव पार्ने गर्दछ ।

चीनमा संक्रमितलाई निको भएर अस्पतालबाट डिस्चार्ज गर्न तीन दिनसम्म ज्वरो नआएको, श्वासप्रश्वासमा समस्या नरहेको र फोक्सोको अवस्थामा सुधार आएको हुनुपर्छ । त्यस्तै, एक दिनको अन्तरमा दुई पीसीआर टेस्टमा नेगेटिभ आएको हुनुपर्छ ।

विभिन्न अनुसन्धानबाट कोरोनाभाइरसबाट संक्रमित बिरामीको शरीरमा एक या दुई हप्तापछि एन्टिबडी बनाउन सुरु हुन्छ । त्यसपछि संक्रमणको लक्षण कम हुँदै जान्छ । तर, विज्ञहरुका अनुसार शरीरले भाइरसको नयाँ हमला सहन पर्याप्त मात्रामा प्रतिरोधात्मक क्षमता गर्छ कि गर्दैन भनेर स्पष्ट भइसकेको छैन । यो प्रतिरोधात्मक क्षमता कति समय टिक्छ भन्ने कुराको यकिन हुन बाँकी रहेको छ । अलग–अलग भाइरसको लागि प्रतिरोधात्मक क्षमता अलग–अलगत हुन्छन् । यो केही महिनादेखि लिएर जीवनभर हुनसक्छ ।

डब्लूएचओका अनुसार ठीक भएका बिरामीहरुको व्यवस्थित तरिकाले स्याम्पलिङ गर्ने काम भइरहेको छ र तिनको अध्ययनपछि नयाँ भाइरसलाई कहिलेसम्म टाढा राख्न सक्छन् भन्ने पत्ता लाग्नेछ । ‘हामीले यो पनि बुझ्न जरुरी छ कि टेस्ट पोजेटिभ आउनुको अर्थ उसले आफूजस्तै अरुलाई पनि संक्रमित गर्न सक्छ भन्ने हो,’ डब्लुएचओले भनेको छ ।

स्रोतः साइन्स अलर्ट,साउथ चाइना मोर्निङ पोष्ट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com