ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 विश्वभरमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० लाख नाघ्यो, २ लाख ७५ हजारभन्दा धेरैको मृत्यु (कहाँ कति प्रभावित सूचिसहित)


एबीसी न्यूज

 

काठमाडौं, २७ बैशाख ।   विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० लाख नाघेको छ । दुई सय १२ देश र दुईवटा पानीजहाजमा अहिलेसम्म ४० लाख १० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।

जसमध्ये १३ लाख ८२ हजार भन्दा धेरैजना निको भएका वर्ल्डओमिटरले जनाएको छ । उपचार गराइरहेका २३ लाख ५२ हजारमध्ये दुई प्रतिशतको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको पनि वर्ल्डओमिटरले जनाएको छ ।

कोरोनाका कारण अहिलेसम्म २ लाख ७५ हजारभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा विभिन्न देशमा गरि साढे ५ हजार ५ सय ३४ जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमित र ज्यान गुमाउने सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छन् ।

अमेरिकामा अहिलेसम्म १३ लाख २० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा ७८ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै बेलायतमा ३१ हजारभन्दा धेरै, इटालीमा ३० हजारभन्दा धेरै, स्पेन र फ्रान्समा २६ हजार भन्दा धेरैको ज्यान गैसकेको छ ।

भारतमा कोरोना सङ्क्रमितको संख्या साढे ५९ हजार नाघेको छ । हिजो ३३ सय भन्दा धेरै नयाँ बिरामी थपिएपछि भारतमा ५९ हजार ६ सय ९३ जनामा कोरोना पुष्टि भएको हो । त्यहाँ अहिलेसम्म १ हजार ९ सय ८५ जनाको ज्यान गएको छ । १७ हजार ८ सय ८७ जना भने निको भएका छन् ।

यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सका प्रेस सेक्रेटरी कैटी मिलरलाई पनि कोरोनाको सङ्क्रमण देखिएको छ ।

यसअघि शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना सहयोगीलाई पनि कोरोना भएको पाइएको थियो । ह्वाइटहाउसले अहिले दैनिक राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सको कोरोना परीक्षण गरिरहेको तथा ट्रम्पलाई सुरक्षित राख्न आवश्यक सावधानी अपनाइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com