ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व एकजुट भए कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ – प्रधानमन्त्री ओली


एबीसी न्यूज


काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व विभाजित भए कोरोना भाइरसले पराजित गर्ने र एकजुट भएमा कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताउनुभएको छ । सोमवार सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भाइरसलाई पराजित गर्नुबाहेक हामीसँग अरू कुनै विकल्प नभएको स्पष्ट गर्नुभयो ।

उहाँले यस संकटको घडीमा असंलग्न राष्ट्रहरु एकताबद्ध हुनुर्ने र कोभिड–१९ लाई पराजित गर्न तथा शान्ति, स्थायित्व र समृद्धिको साझा आकांक्षा प्राप्तिमा सहयोग पु¥याउन बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई समर्थन गर्नुपर्नेमा जोड दिनुभयो । कोभिड –१९ विरुद्ध एकताको विषय दिइएको सो सम्मेलनमा प्रस्ताव गरिएको कोरोनाविरुद्ध असंलग्न राष्ट्रका आवश्यकता समावेश गरी तथ्याङ्कीय आधार निर्माण गर्न असंलग्न राष्ट्रहरुको कार्यटोली गठनको प्रस्तावलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले असंलग्न आन्दोलनले सदस्य मुलुकका सहयोगी कार्यमा समन्वय गर्न र विश्वव्यापी ऐक्यबद्धताको भावनानुरूप विश्वभरिका गरीब तथा अति जोखिमयुक्त जनसंख्याको आवाजलाई एकीकृत पार्न आह्वान गर्नुभयो ।

विश्व सामान्यावस्थामा फर्किने विषय सुनिश्चित गर्न असंलग्न्न राष्ट्रहरुले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्दै उहाँले विश्वव्यापी एकतालाई सुढृढ गर्न अनुभवको साटासाट एवं प्रविधि, औषधिजन्य सामग्री तथा उपकरणको आदानप्रदानको माध्यमबाट दक्षिण दक्षिण सहयोगलाई अभिवृद्धि गर्न आग्रह गर्नुभयो । सम्भावित आर्थिक मन्दीलाई सम्बोधन गर्न अन्तरराष्ट्रिय समुदायलाई एक बलियो पुनःस्थापना प्याकेज प्रदान गर्ने कार्यमा असंलग्न राष्ट्रलाई सहकार्य र वकालत गर्न प्रस्ताव गर्दै प्रधानमन्त्री ओलीले विशेषतः अतिकम विकसित, भूपरिवेष्ठित तथा साना विकासोन्मुख टापु राष्ट्रमा यसका प्रभाव असीमित भएकाले यो संकटले विकासोन्मुख राष्ट्रप्रतिको विद्यमान प्रतिबद्धताबाट पछि हट्ने बहाना कदापि प्रदान गर्न नहुने विचार राख्नुभयो ।

विश्वका १२० मुलुक आबद्ध नामले क्षेत्रीय पहलहरुलाई विश्वव्यापी प्रयासको स्तम्भका रुपमा गरीबी, अस्वस्थता र अल्पविकसित अवस्थाविरुद्धको लडाइँमा सिङ्गो मानव समुदाय एकै स्थानमा उभाउनुपर्नेमा जोड दिँदै उहाँले यो विद्रोह तथा लडाइँमा संलग्न हुने समय होइन भन्नुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घका महासचिवद्वारा विश्वव्यापी युद्धविरामका लागि गरिएको अनुरोधलाई नेपाल समर्थन गर्ने पनि स्पष्ट गर्नुभयो ।

“यो महामारीले हाम्रो जीवनकालमा नभोगेको तहमा संसारलाई हल्लाएको छ । साथै, यसले हाम्रो भाग्य एकापसमा कसरी जोडिएको छ भन्ने तथ्यलाई पनि स्मरण गराएको छ । अहिले मानवता जोखिममा छ ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
झण्डै दुई लाख पचास हजार जनाको मृत्यु भइसकेको र हाम्रा स्वास्थ्य सुविधामा थामिनसक्नु बोझ बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस भाइरसले हाम्रो क्षमताको परीक्षण गरेको र हाम्रो निरीहता उदाङ्गो तुल्याएको पनि उल्लेख गर्नुभयो ।

कोरोना संकटका कारण रोजगारी गुमेको, शैक्षिक प्रणाली भत्केको र लाखौंँ मानिस गरीबीमा धकेलिंँदै गएकाले दिगो विकासका लक्ष्य हासिल गर्ने कार्य झन् कठिन बन्दै गएको जनाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिले हामी साझा तर अदृश्य शत्रुसँग लडिरहेका छौंँ । यस्तो अवस्थामा, मानव जीवनको रक्षा गर्नु र मानवताको संरक्षण गर्नुभन्दा महत्वपूर्ण अर्को काम केही हुँदैन । यो सरकारहरुको सर्वोच्च कर्तव्य पनि हो ।”
आर्थिक क्षतिको पुनस्थापन गर्न सकिने, प्रविधि नयाँ आविष्कार गर्न सकिने तथा समृद्ध समाज निर्माण गर्न सकिने तर खेर गएको अमूल्य मानव जीवनलाई पुनःप्राप्ति गर्न सकिन्न बताउँदै उहाँले मानवता जोगाउने विषय पहिलो प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालले आफ्नो क्षमताभित्रका सबै राजनीतिक, आर्थिक, मानवीय र प्राविधिक स्रोत भाइरस संक्रमण विस्तार हुन नदिनमा लगाएको अवगत गराउनुभयो । “हाम्रो मुख्य जोड महामारीको रोकथाम र शमन गर्नेतर्फ छ । हामीले संघीय, प्रदेश र स्थानीय तहका सबै स्रोत र राज्य संयन्त्र यो संकटलाई संगतिपूर्ण रूपमा व्यवस्थापन र सम्बोधन गर्नमा परिचालन गरेका छौंँ ।”

प्रधानमन्त्रीले नेपालको अनुभव विश्व समुदायलाई सुनाउँदै भन्नुभयो, “हाम्रा स्वास्थ्य सुविधाको स्तरोन्नति गरेका छौंँ, स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहित तुल्याएका छौंँ र सबैको पहुँचमा स्वास्थ्य सेवा सुनिश्चित गरेका छौंँ । क्वारेन्टाइन र अलग्गै बस्नका लागि आवश्यक पूर्वाधार निर्माण गरेका छौंँ । अन्तराराष्ट्रय हवाइ उडान स्थगन, सीमापार आवतजावत नियन्त्रणजस्ता अस्थायी कदमहरु समेत लागू गरेका छौंँ ।”

कोरोनाविरुद्धको सामूहिक लडाइँका लागि सम्पर्क समूह स्थापनामा अध्यक्ष इल्हम अलियेबले गर्नुभएको पहललाई नेपालका तर्फबाट स्वागत गर्दै प्रधानमन्त्री ओलीले नामका सदस्य राष्ट्र सबैलाई एक ठाउँमा ल्याउन गर्नुभएको पहलका लागि उहाँलाई धन्यवाद दिनुभएको थियो ।
सम्मेलनको उद्घाटन अजरबैजानका राष्ट्रपति एवं नामका अध्यक्ष अलियेभले गर्नुभएको थियो ।

संवादमा विश्वव्यापी महामारी कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी पहल र विश्व समुदायको साझा दायित्व तथा नामको भूमिकाबारे विचारविमर्श भएको थियो ।

सो अवसरमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका मुख्य मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालसहित उच्चपदस्थ अधिकारी सहभागी हुनुभएको थियो । नाम विश्वका कुनै पनि शक्ति पक्षसँग संलग्न नभएका १२० मुलुकको साझा मञ्च हो । संयुक्त राष्ट्र सङ्घपछि विश्वमा यो दोस्रो ठूलो राष्ट्रहरुको मञ्च मानिन्छ । यसको स्थापना सन् १९६१ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com