ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमित १२ भारतीयसहित १३ जनाको यस्तो छ विगतको यात्रा वृत्तान्त


एबीसी न्यूज

गाईघाट, ८ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिदमा लुकिछिपी बसेका १६ जनामध्ये १२ भारतीयसहित १३ जनामा कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले उनीहरूको विगतको यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) गहन अध्ययन थालेको छ । प्रहरीको प्रारम्भिक अध्ययन अनुसार सङ्क्रमितको समूह मोरङ, सुनसरी, सप्तरी र उदयपुरका विभिन्न मस्जिदमा चार महिना बिताएको पाइएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार यात्रा वृत्तान्तसँगै त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिद आसपासमा रहेका मुस्लिम समुदायका ५३ परिवारका करिब छ सय जनाको स्वास्थ्य परीक्षण थालिएको छ । नमुना परीक्षण गर्ने क्रममा शनिबार पहिलो चरणमा ६९ जनाको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय गाईघाटले जनाएको छ । प्रहरीका अनुसार भारतबाट आएकाको रेलको टिकट, अन्य कागजपत्र र बयानका आधारमा प्रहरीले बनाएको प्रारम्भिक यात्रा वृत्तान्त अनुसार १२ भारतीय नागरिक चार महिनाअघि नै विराटनगर आएका थिए । गत डिसेम्बर १० अर्थात् मङ्सिर २४ गते उनीहरू दिल्लीबाट रेल मार्फत जोगवनी नाका भएर नेपाल आएको प्रारम्भिक अध्ययनले देखाएको प्रहरीले जनाएको छ ।

मङ्सिर २५ गते विराटनगरको रानीस्थित मस्जिदमा आइपुगेका ती सङ्क्रमित करिब चार हप्तासम्म त्यही बसेको र अन्य अरू मस्जिदमा समेत गरी मोरङमा करिब ३५ दिन बिताएको देखिन्छ । त्यसपछि सुनसरीको दुहबी, भोक्राहा लगायतका मस्जिदमा करिब छ हप्ता बसेर सप्तरीका चार मस्जिदमा तीन हप्ता बिताएपछि सप्तरीकै फत्तेपुर हँदै उदयपुरको चौदण्ड गढी नगरपालिका वडा नं। ५ सिवाहीस्थित मस्जिदमा फागुनको २५ गते आइपुगेको देखिएको उदयपुरका प्रजिअ पहाडीले स्पष्ट पार्नुभयो ।

सिवाहीमा सात दिन बसेपछि चैत १ गते भुल्केस्थित मस्जिदमा आइपुगेको र यात्रा वृत्तान्त आएसँंगै सप्तरीको सप्तकोसी नगरपालिकाका तीनवटा मस्जिद तथा कञ्चनपुर नगरपालिकाको बरमझियास्थित मस्जिद क्षेत्रलाई ‘सिल’गरी स्थानीयवासीको नमुना परीक्षण गर्ने काम भइरहेको र शनिबार मात्रै ७४ जनाको नमुना सङ्कलन गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

सम्बन्धित

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन

निर्वाचन आयोगमा कांग्रेस विवाद : दुई दिनमा दुई पत्र

कारबाहीपछि गगनले कोरेको नयाँ कांग्रेसको खाका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com