ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमला मेडिसिनमा प्रहरीको छापा, अनुदानको सेनेटाईजर बिक्री गरेको आरोप


sharan sharan
बैशाख ३, २०७७ बुधबार  ३ : १५ बजे

बुटवल, ३ बैशाख । बांके प्रहरीले नेपालगञ्जस्थित कमला मिडिसिन ड्रग हाउसले सरकारी अनुदानको सेनेटाईजर बिक्री गरेको आरोपमा पसलमा छापा मारेको छ । सरकारले निःशुल्करुपमा उपलब्ध गराएको सेनिटाइजर बिक्रि बितरण गरिरहेको सुचनाका आधारमा बाँके प्रहरीले मंगलवार राती ड्रग हाउसमा छापा मारेको हो ।
ड्रग हाउसले नेपाल सरकार, स्वास्थ्य तथा जनसख्या मन्त्रालयले निःशुल्करुपमा उपलब्ध गराएको एसआर केयर हयाण्ड स्यानिटाइजर ५०० एमएलको प्रति शिशि ६ सयमा बिक्री बितरण गरेको भेटिएपछि पसलमा छापा मारेको प्रहरीले जनाएको छ । सेनिटाईजर ब्यक्तिलाई बेचिएको हो वा स्थानीय तहलाई सो बिषयमा अनुसन्धान भईरहेको बांके प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिर बहादुर वलीले जानकारी दिनु भयो । सरकारले तोके बमोजिम स्थानीय तहलाई बाहेक ब्यक्ती वा ब्यवसायीक निकायलाई बिक्री बितरण गरेको पाईए कारवाहि गरिने एसपि वलीले बताउनु भयो ।
सुर्खेत रोडमा रहेको होटेल कृष्णा सिग्नेट होटेलका मालिकसमेत रहेका दीपेन्द्र अग्रवालले सञ्चालन गरेको ड्रग कम्पनीले लामो समयसम्म नेपालका बिभिन्न जिल्लामा औषधी सप्लाई गर्ने गर्दछ ।
एसआर नामक ड्रग कम्पनीले सरकारलाई शिशि बाहिर मुल्य नै नराखेर नटफर सेलसमेत लेखेको र निःशुल्करुपमा दिएको एसआर केयर नामक स्यानीटाईजर कमला मिडिसिनमार्फत अबैधरुपमा बिक्रि बितरण भएको समाजिक सञ्जालमा पोष्ट भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताईएको छ । एसपी वलीले पसल सिल गरेको समाचार गलत भएको भन्दै अनुसन्धानको चरणमा सेनेटाईजर सप्लाई वा बिक्री नगर्नु मात्र भनिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com