ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

११ दिनको पैदल यात्रा, २ छाक भरपेट खाना ! [भिडियो सहित]


sharan sharan

बुटवल, ३ बैशाख । सोलुखुम्बुबाट बर्दियाका लागि पैदल यात्रा तय गरेका श्रमिकहरु ११ दिनका दिन भोकै प्यासै बुटवल पुगेका छन् । हाईड्रो कम्पनीमा काम गर्ने बर्दिया बांसगढीका उनीहरुले ११ दिने यात्रामा २ पटक मात्र पेटभरी खाना खान पाएको बताएकाछन् ।
११ दिनको लगातारको पैदल यात्रा, अनि २ छाक मात्र पेटभरी खाना । दर्शक बृन्द अनुमान गर्नुहोस् उनीहरुलाई कस्तो भयो होला । झोलामा सिमित चाउचाउ र बिस्कुट लिएर ११ दिन अघि सोलुखुम्बुबाट पैदल हिंडेका बर्दिया बांसगढीका धनराज घर्ती सहितको श्रमिकहरुको टोलि सोमबार बुटवल पुगेका थिए । हिंड्ने बेलामा झोलामा बोकेको खानेकेरा २,३ दिनमा सकिन थालेपछि कतिपय दिनहरुमा १ छाक मात्र चाउचाउ र पानी पिएर दिनभरीको यात्रा तया गरेको उनीहरुले बताएकाछन् । ११ दिनको दिनमा बाटामा दुईवटा स्थानीयतहले पेटभरी खाना खुकाएको बाहेक हरेक दिन आधा पेट खाएर हिंडेको टोलिमा सहभागि धनराज घर्ती बताउंछन् ।
गाडी पाईए गाडी चढ्ने नत्र हिंडेरै घर पुग्ने अठोट ११ दिन पुग्दा पनि सकिएको छैन । ११ दिन त हिंडियो अव ५ दिन हिंडिन्छ टोलिकै अर्का श्रमिक प्रेम बिसीको भनाई छ ।
काठमाण्डौ स्वयम्भुमा चैतन्य बनाउने काम गरिरहेका श्रमिकहरुको टोलि पनि ३ दिन लगाएर सोमबार बुटवल पुगेको थियो । दाङको भालुबाङ पुग्ने उनीहरुको साहस हेर्दै उदेक लाग्दो देखिन्थ्यो । झम्के सांझमा बुटवलको मैनाबगर चोकमा भेटिएका उनीहरुले घर पुग्ने हतारोले बाटोमा स्थानीयले भात खान आग्रह गर्दा पनि नखाएर चिउराकै भरमा हिंडेको बताउंछन् । स्वाभिमान देखाउंदै उनीहरु मध्यका एकजनाले दुःख लुकाउंदै चिउराले पेट भरीएकाले भात नखाएको बताईरहेका थिए ।
काठमाण्डौबाटै बर्दियाको राजापुर हिंडेको अर्को टोलिको ब्यथा पनि अघिल्लो २ वटा टोलिको भन्दा फरक छैन । बाटोमा भेटिएको कहिले टिप्पर कहिले दुध बोक्ने जिप हुंदै ३ दिनमा बुटवल पुगेका उनीहरुसंग पनि झोलामा भएको खानेकुरा सक्किसकेको थियो । सानी बहिनीसमेतलाई साथमा लिएर हिंडेकि बर्दियाकी प्रेमकुमारी थारुलाई घर पुगेपछि पेटभरी खान पाईने बिश्वास छ । घर पुग्ने अभिलासाले बाटाका भोकहरु उनीहरुका लागि महत्वहिन बनेका छन् ।
एबिसी न्युजको लगातारको फलोअप पछि भने बुटवल उपमहानगरपालिका तातेको छ । सडकमा पैदल यात्रा तय गरिरहेका १ सय बढी श्रमिकहरुलाई सोमबार सांझ बुटवल उपमहानगरको वार्ड नम्बर १ ले खानामात्र खुवाएन, उपमहानगरले बस रिजर्भ गरेर उनीहरुलाई गन्तब्य सम्म पु¥याईदिएको छ । उपमहानगरले खर्च ब्यहोर्ने गरि २ वटा ट्रक र १ वटा बसमा उनीहरुलाई पठाईएको वडा नम्बर १ का वार्ड अध्यक्ष महेन्द्र लिगलले जानकारी दिएकाछन् । एबिसी न्युज हेरेर आफुले श्रमिकहरुलाई उद्दार गर्न पहल गरेको वडा अध्यक्ष लिगलले बताए ।
उनलाई वार्डका स्थानीय युवाहरुले सघाएका थिए । लायन्स आंखा अस्पताल अगाडी प्रतिक्षालयमा चुल्हो बनाई खाना बनाईरहंदा पुरानो बुटवलका युवाहरुले अध्यक्ष लिगललाई साथ दिएका थिए ।
श्रमिकहरुलाई खाना खुवाउन आफै पुगेका बुटवल उपमहानगरका नगर प्रमुख शिवराज सुबेदीले पनि नगर भिर र नगरमा बाहिरबाट आएका कसैलाई भोकै बस्न नदिने उपमहानगरको निर्णय भएको सुनाउंछन् ।
कोरोना भाईरसका कारण मुलुक यतीबेला लकडाउनमा छ । लकडाउन लम्बिंदै जांदा दिनदिनै ज्याला मजदुरी गरेर खाने श्रमिकहरुको जिवन कस्टकर बन्दै गएको छ । खानाको जाहो गर्न नसकेर घर हिंडेका श्रमिकहरुलाई या त राज्यले उचित बस्ने खानेको ब्यवस्था गर्नु पर्दछ, या त घर सम्म पु¥याउन सक्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com