ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा सुरु भयो भेन्टिलेटर र आईसीयूसहितको कोरोना उपचार अस्पताल


sharan sharan

बुटवल, ३० चैत्र ।
कोरोना भाइरसको उपचारका लागि बुटवलको धागो कारखानामा स्थापना गरिएको कोरोना बिशेष अस्थायी अस्पताल, आजबाट भेन्टीलेटर जडित आईसियु सेवा सहित संचालनमा आएको छ । कोरोना भाईरसले बिश्वब्यापी रुप ग्रहण गरेसंगै बुटवल उपमहानगर पालिका र लुम्बिनी प्रादेशीक अस्पतालले संयुक्त रुपमा बन्द अवस्थामा रहेको धागो कारखानालाई कोरोना बिषेश अस्थायी अस्पतालकारुपमा संचालन गरेका थिए ।
सुरुमा भेन्टीलेटर सहितको आईसियु कक्ष बिना नै अस्पताल संचालन गरिएपनि अस्पताल संचालनमा आएको २० दिन पछि अस्पतालमा सुबिधासम्पन्न आईसियु कक्ष सहित अस्पताल संचालनमा आएको छ । अस्पतालको आईसियु कक्षको आज प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले अनौपचारीकरुपमा उदघाटन गर्नुभएको छ । औपचारिक कार्यक्रम बिना मुख्यमन्त्री पोखरेलबाट अस्पताल संचालनको शुभकामना दिएर आईसियु कक्षको उदघाटन गरिएको थियो ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कोरोनासंग लड्ने मुख्य उपाए लकडाउनको पालना गर्ने र सामाजिक दुरी कायम गर्नु नै भएको बताउनु भयो ।  उहांले प्रदेश नम्बर ५ का ४ स्थानमा आईसियु कक्ष सहितको बिशेष अस्पताल तयार भईसकेको जानकारी समेत दिनुभयो ।
प्रदेशसमा रुपन्देहीमा २, दाङ र नेपालगन्जमा १, १ कोरोना बिशेष अस्पताल संचालनमा आएकाछन् ।
कार्यक्रममा लुम्बिनी प्रादेशसिक अस्पताल बिकास समितीका अध्यक्ष सुर्य भट्टराईले अस्पताल निर्माणमा सहयोग गर्ने दाताहरुको बिवरण प्रस्तुत गर्दै सबैलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो ।
४ वटा भेन्टीलेटर र ८ वटा आईसियु बेड राखिएको अस्पतालको आइएसियु कक्षमा निकट भबिश्यमा २० वटा आईसियु बेड राखिने लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिनु भयो ।
सरकारले २५ जना भन्दा बढीको समुह भेला नहुने र सामाजिक दुरी कायम राख्न भने पनि कार्यक्रममा सयौंको संख्यामा आमन्त्रीत गरिनुकासाथै सामाजिक दुरी कायम गरिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने तयारी आरोप, फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को–को छन् ?

सम्बन्धित

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने तयारी आरोप, फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

इरानको प्रदर्शनमा मृतक संख्या २ देखि २० हजारसम्मका फरक आँकडा सार्वजनिक

पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ–पूर्णबहादुर खड्का

रविले महान्यायाधिवक्ता कार्यालयमा मुद्दा फिर्ताको माग गर्दै निवेदन दिए

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको एकल उम्मेदवारी दर्ता

देउवाले गगन-विश्वप्रकाशलाई भने– ‘पार्टी नफुटाऊ, म उदार छु’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com