ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ पुग्यो


एबीसी न्यूज
चैत्र ३०, २०७६ आईतबार  ९ : ३५ बजे

वीरगञ्ज, । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने खुट्याउन नसकेपछि थप निर्क्योल गर्नका लागि ती नमुनालाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । काठमाण्डौमा परिक्षण पछ िपनि उनीहरुमा कोरोना पोजेटिभ भएको पाइएको हो । पर्साबाट ल्याइएको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण नेगेटिभ नै हो भनेर किटान गर्न नसकिएको र पोजेटिभ हो भनी निष्कर्षमा पुग्न पनि नसकिएपछि थप परिक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी गराएको थियो ।

भारतीय मुस्लिम धर्म प्रचारकहरुको हेटौंडामा थ्रोट स्वाब परिक्षणका लागि ल्याइएको थियो। हेटौंडामा मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब ल्याएर परीक्षण भइरहेका छन्। संघीय सरकारको सहयोगमा हेटौंडामा कोरोना परीक्षणका लागि पीसीआर मेसिन सञ्चालनमा ल्याइएको थियो। कोरोना पोजेटिभको आशंकापछि वीरगन्ज महानगरपालिका २, छपकैयास्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका ३ जना भारतीयलाई शुक्रबार दिउँसोदेखि नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी अस्पतालमा ‘स्क्रीनिङ’का लागि आएका थिए ।

चिकित्सकले उनीहरुको स्वाब संकलन गरि बागमती प्रदेशको हेटौंडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा पठाएका थिए । २४ जना मध्ये दुईजनाको रिर्पोट शंकास्पद देखिएको जानकारी आएपछि अस्पतालले उनीहरुलाई मस्जिदबाट ल्याएर आइसोलेसनमा राखेको हो। हेटौंडाको कोरोना परिक्षण ल्याबले शंकास्पद देखिएका ३ जनाको रिर्पोट कन्फर्म गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो । स्थानीयका अनुसार विगत ९, १० दिन अगाडिमात्र यी धार्मिक गुरुहरु मस्जिदमा आएका थिए। बिहीबार स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए । नाम उल्लेख नगर्ने शर्तमा नारायणी अस्पतालका एक चिकित्सक भन्छन् । ‘उनीहरुले दिएको सूचना सहि नहुन् पनि सक्छ, प्रहरीले अनुसन्धान गर्न जरुरी छ।’ तीनजनालाई आइसोलेसनमा राखेदेखि नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सर्तकता अप्नाएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

लोकका लागि लोकतन्त्र कि नेताका लागि सत्ता ?

सम्बन्धित

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com