ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शोकाकुल प्रचण्डलाई बद्रीको सांगीतिक मल्हम (भिडीयो सहित)


sharan sharan
मंसिर ११, २०७४ सोमबार  ६ : ५३ बजे

चितवन, ११ मंसिर ।
एउटा प्रकाशले छाडेर गए
हजारौ प्रकाश तिम्रो साथमा छ ।
प्रचण्ड तिमी भुल्दै नभुल्नु
करोडौको भविश्य तिम्रै हातमा छ ।
आफन्तको पहिचान तव हुन्छ जव कसैलाई दुःख परेको हुन्छ । सुखमा साथ दिने त दुनियामा जो कोहीपनि हुन्छन् । शोकका बेला जसले साथ दिन्छ त्यहि नै जिवनमा सबैभन्दा नजिकको मित्र बन्न सक्दछ । पुत्रशोकले भाव बिह्वल भएका प्रचण्ड परिवारमा पनि यतिबेला मित्र पहिचान गर्ने बेला आएको छ । देश र बिदेशका मित्रहरुले समबेदना ब्यक्त गरिरहेका बेला पुत्रशोकका बिच निर्वाचनमा होमिएका प्रचण्ड परिवारलाई कलाकारहरु प्रचारस्थलमै पुगेर आंशु नबगाउन सल्लाह दिएका छन् ।
लोक गायक बद्रि पंगेनिले आंशु नबगाउन सल्लाह दिंदै चितवनको माडीमा पुगेर गीत गाईरहंदा प्रचण्ड चितवनको बिकासको नक्सा कोरिरहेका थिए । आफ्नै कर्मभूमिका पहिलोपटक उम्मेदवार बनेर चितवन पुगेका प्रचण्डलाई संगीतको शब्दमा समवेदना ब्यक्त गरिरहंदा उपस्थित जनमानस भावुक बनेपनि प्रचण्ड भने चितवनको समृद्धि र बिकासमा केन्द्रित हुने प्रतिबद्धता ब्यक्त गरिरहेका थिए । हप्तादिन अघि छोरा गुमाएपनि प्रचण्ड परिवारले चितवनका हजारौ युवाहरुमा प्रकाश देखिरहेका थिए ।
बिकास र स्थिर सरकारका लागि वामगठबन्धनको बिकल्प नरहेको बिषय बद्रिको गीतको भाकामा गुन्जंदा चितवनबासीमा एउटा आत्मा बिश्वास पलाएको सजिलै अनुमान गर्न सकिन्थ्यो । पैसा र बिकासे नाराको पोको बांडिरहेका प्रतिद्धन्दीको वास्तविकाता खोल्न पनि भ्याएका बद्रिले भाषण र आश्वासन भन्दा चितवनलाई बिकास चाहिएको र बिकासका लागि प्रचण्डको बिकल्प नभएको भाका गुन्जाउंदै थिए ।
बद्रि भन्दै थिए ।
भाषण गर्ने आश्वासन बांड्ने जतिनी पाईन्छ ,
चितवन जिल्लाको विकास गर्न प्रचण्ड चाहिन्छ ।
चितवनको निर्वाचनलाई संगीतमय बनाईरहेका कलाकारहरुका बिच बिगत स्थानीयतह निर्वाचनमा प्रचण्ड पुत्रीको प्रतिद्धन्दी बनेका देवि ज्ञवालीले आफुहरुले नै प्रचण्डलाई बिकासका लागि चितवनमा उम्मेदवार बनाएको उदघोष गर्दा हजारौ चितवनबासीले तालीले स्वागत गरेका थिए ।
प्रचण्डले चितवनबासीलाई धरै कुरा बताएनन् । उनले मात्र आफ्नो कर्मभुमीमा उम्मेदवार बन्न पाएकोमा खसी ब्यक्त गर्दै चितवनबाटै समृद्धिको ढोको खोल्ने र परिवर्तनलाई संस्थागत गर्ने प्रतिबद्धता ब्यक्त गरिरहेका थिए ।
आफु प्रधानमन्त्री भएकै अर्कोदिन चितवनमा सुकुम्बासीलाई डोजर लगाएर हटाई आफुलाई असफल बनाउन खोजिएकोमा प्रचण्डको गुनासो थियो । आफुलाई असफल बनाउने त्यो नै पहिलो खेल भएको प्रचण्डको भनाई थियो ।
प्रचण्डले भाषण सकेपनि कलाकारको सल्लाह भने सकिएको थिएन । फेरी बद्रि उठे र बामपन्थी नै देशको भाग्य भबिश्य कोर्ने शक्ति भएको घोषणा गरे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

प्रतिनिधिसभा निर्वाचन: २०४८ यता सबैभन्दा कम मतदान , जेन जी विद्रोहपछि अपेक्षा टुट्यो

ट्रम्पको दाबी: ‘इरानी ‘पागलहरू’ पहिले आक्रमण गर्न लागेका थिए’

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com