ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एटीएम, पिन नम्बर र बैंक खाता सुरक्षित राख्न बैंकहरुको आग्रह


sharan sharan
चैत्र २८, २०७६ शुक्रबार  १ : ५५ बजे

बुटवल, २७ चैत्र । लकडाउनमा आफ्ना ग्राहकहरुलाई सुबिधा होस् भने बैक तथा बित्तीय संस्थाहरुले बिद्युतिय कारोबारमा जोड दिए संगै बैकिङ असुरक्षा पनि बढ्दै गएको छ । स्थानीयले बिद्युतिय कारोबार गर्न थालेपछि ह्याकरहरुले पनि उपद्युतिय कारोबारको बिचबाट पाईदा उठाउन थालेको गुनासो आउन थालेपछि बैकहरुको संगठन बैंकर्स संघले आफ्नो खाता सुरक्षित गर्न ग्रहाकहरुलाई आग्रह गरेको छ । संघले बिज्ञप्ती निकाल्दै बैक खाता खौला दिईएका सुरक्षा संयन्त्र पासवर्ड, पिन कोड, खाता नम्बर जस्ता आवश्यक जानकारी गोप्य राख्न ग्राहकहरुलाई आग्रह गरेको छ ।
अपरिचित नम्बरबाट ग्राहकलाई फोन गरेर बैंक खातासँग सम्बन्धित व्यक्तिगत विवरण मागेको कुरा बाहिर आएपछि संघले खाता सुरक्षा गर्न आह्वान गरेको हो । अपरिचित व्यक्तिले आफूलाई बैंकको कर्मचारी भएको र अनलाइन बैंकिङ कारोबारका लागि ती विवरण चाहिएको बताउँदै झुक्याउने गरेको गुनासो ग्रहाकहरुबाट आएको थियो ।
लकडाउनका बेला विद्युतीय कारोबार बढेसँगै यदाकता त्यस्ता फोन कल आएको गुनासो सुनिएको भन्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डाक्टर प्रकाश कुमार श्रेष्ठले सेवा आवश्यक परे बैंकलाई खाता खोल्दा बिवरणमा दिईएको नम्बरबाट ग्रहाकले आफै फोन गर्न सुझाव दिनु भएको छ । कतैबाट कल आएमा बैंकको आधिकारीक नम्बर भए नभएको पक्का गरेर मात्र बिवरण दिनु पर्ने निर्देशक श्रेष्ठको भनाई छ ।
सरकारले लकडाउनको घोषणा गरेसंगै बैंकहरुले ग्राहकहरुलाई बिद्युतिय कारोबारमा जोड दिन आग्रह गरेका थिए । एटिएम तथा सिधै बैंक सम्म पुग्न लकडाउनका कारण असहज भएपछि बिद्युतिय कारोबार गर्ने बैंक उपभोक्ताहरुको संख्या बढेको थियो । पछिल्लो समय कतैकतै फोन गए पनि कसैले झुक्याएर पैसा निकालेको घटना भने सार्वजानिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com