ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छैन चुनावको चर्चा डुम बस्तीमा


admin
मंसिर ११, २०७४ सोमबार  २ : ०० बजे

लहान, ११ मंसिर । सिरहाको लहानस्थित चोक चौराहा, होटल र पसललगायत स्थानमा आसन्न निर्वाचनको चर्चा व्यापकरुपमा भइरहँदा लहान बजारसँगै टाँसिएको डुम बस्तीमा भने चुनावको कुनै रौनक देखिएको छैन ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पनि अहिलेसम्म कुनै उम्मेदवार माग्न लहान नगरपालिका–१ मटिर्वास्थित उक्त डुम बस्तीमा पुग्न सकेका छैनन् ।

“अहिलेसम्म उम्मेदवार आएका छैनन्, मतदान गर्न सिकाउन समेत कोही आएका छैनन्,” स्थानीयवासी विजय मरिकले भन्नुभयो, “उम्मेदवार को को हुनुहुन्छ केही थाहा छैन ।”

सँगुर पाल्ने र बाँसका सामग्री बनाएर बिक्री गरी जीवन धान्दै आएका सात घर डुम परिवारमा २०–२१ जनाको बसोबास रहेको छ । ऐलानी जमिनमा घर बनाएर बस्दै आएका उनीहरुको मतदाता संख्या १० रहेको छ । उम्मेदवार आफ्नो घरदैलोमा नआएकामा उनीहरुले गुनासो गरेका छन् ।

स्थानीयवासी चपली मरिकले भन्नुभयो, “हामीलाई भरोसा बाँड्छन्, धम्क्याएरै भोट लिन्छन् ।” गरिबी, अशिक्षा र चेतनाको अभावमा बाँचेको डुम समुदायको भोटले धेरै नेताको जिन्दगी फेरिए पनि उनीहरुको अवस्था दयनीय छ ।

“स्थानीय तह चुनावपछि बस्तीमा बाटो बन्छ, नागरिकता सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, अस्पतालमा निःशुल्क उपचार हुन्छ भनेर भोट हालेको थिएँ, रेणु मरिकले भन्नुभयो, “जितेर गएकाहरु कोही फर्केर आएनन्, अवस्था उस्तै छ ।”

दलित समूहमा सूचीकृत डोम र मुसहर जाति बसोबास गर्ने बस्तीमा अधिकतम परिवारका सदस्यका नाममा जग्गा छैन । “घर पनि ऐलानी जग्गामै छ, स्थानीयवासी चपली मल्लिकले भन्नुभयो, “हामी तीनचार पुस्तादेखि यसै ठाउँमा बस्दै आएका हौँ तर हामीसँग जग्गाको कुनै प्रमाणपूर्जा छैन । प्रत्येक चुनावमा भोट माग्न आउने नेताले जीवनस्तर फेरिदिन्छौँ भन्छन् तर, हाम्रो जीवनस्तर फेर्नेगरी कहिल्यै उनीहरूले काम गरेनन् ।”

“सधैँ भरोसा बाँडेर भोट लिने तर कहिल्यै फर्केर बुझ्न नआउने नेतालाई यसपालि हामी भोट हाल्दैनौँ, शिवा मल्लिकले भन्नुभयो, “हाम्रो बस्तीमा सामुदायिक भवन, बाटोघाटो र शौचालय बनाइदिने उम्मेदवारलाई मत दिने सोचमा हामी छौँ ।”

लहान नगरपालिका निर्वाचन क्षेत्र नं १ मा पर्छ । यस क्षेत्रमा नेपाली काँग्रेसबाट प्रदीप गिरी, वाम गठबन्धनको तर्फबाट एमालेका गंगाप्रसाद यादव, फोरम–राजपा गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका राजलाल यादवलगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

कूल ३० वटा मतदान केन्द्र रहेको क्षेत्र नं १ मा पुरुष ४६ हजार ३२४ र महिला ४१ हजार ७४९ गरी ८० हजार ७२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

बारामा चुनावी ताप : चार क्षेत्रमा घरदैलो दौडधुप, पुरानै दलको वर्चस्व !

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

रुकुमपूर्वमा प्रचण्ड : मर्निङ वाक, स्थानीयको घरमा खाजा र पहिलो चुनावी सभा (फोटो फिचरसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com