ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमानाकामा बन्द गर्नेविरुद्धको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा मङ्गलबार


admin

काठमाडौं, २४ चैत । सर्वोच्च अदालतमा सीमानाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाइ ‘हेर्दाहेर्दै’मा मङ्गलबारका लागि तय भएको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा बहस शुरु भए पनि बहस नसकिएको हुँदा हेर्दाहेर्दैमा भोलि मङ्गलबार सुनुवाइ हुने भएको हो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले यही चैत १२ गते सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । छलफलका लागि दुवै पक्षलाई आज बोलाइएको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठवटा सरकारी निकाय तथा समितिलाई विपक्षी बनाई अधिवक्ताद्वय माधव बस्नेत र मीरा खड्का बस्नेतले यही चैत १० गते सर्वोच्च अदालतमा रिट निवदेन दायर गर्नुभएको थियो । रिट निवेदनमा नेपाली नागरिकलाई विदेशमा असुरक्षित रुपमा राख्नुपर्ने आवश्यकता नरहेकाले नेपाल आउन चाहने प्रत्येक नेपालीलाई प्रवेश निषेध नगरी सहज आउन दिनुपर्ने र आफै आउन नसक्नेलाई सरकारले उद्धार गरी ल्याउनसमेत रिट निवेदनमा माग गरिएको थियो ।त्यसैगरी महाकाली नदीपारि रहेका नेपाली नागरिकलाई नेपाल ल्याउने आदेश दिन माग गर्दै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले अन्तरिक आदेश दिन अस्वीकार गरेको थियो । उक्त विषय पनि हेर्दाहेर्दैमा मङ्गलबारका लागि राखिएको छ ।

अधिवक्ता मनीषकुमार श्रेष्ठलगायत छ जना कानून व्यवसायीद्वारा संयुक्त रुपमा दायर गरिएको रिट निवेदनमा नेपाली जुनसुकै देश तथा ठाउँमा भए पनि उनीहरुको उद्धार गर्ने जिम्मा सरकारको भएको उल्लेख गर्दै महाकाली नदी पारि रहेका नेपालीलाई तत्काल नेपाल ल्याउन सरकारलाई आदेश दिन माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् स् दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com