ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा भारतीय फलफुल तरकारी बेच्ने थोक बजार केन्द्र बन्द


sharan sharan

बुटवल, २२ चैत्र । भारतीय तरकारी र फलफुलको ठूलो मात्रामा खरिद बिक्री गर्ने बुटवल कृषि थोक बजार केन्द्र अन्तत बुटवल उपमहानगर पालिकाले बन्द गर्ने निर्णय गरेको छ । एबिसी न्युजले भारतीय तरकारी र फलफुलका गाडीले कोरोना भाईरस भित्राउन सक्ने भन्दै गरेको लगातारको बिषय उठान र सामाजिक सञ्जालहरुमा आएको ब्यापक गुनासो आएपछि उप महानगरले मापदण्डअनुसार किनमेल नभएको बहाना बनाउंदै केन्द्र बन्द गर्न निर्देशन दिएको छ । संघिय सरकारसंग मात्र रहेको भारतीय तरकारी रोक्ने अधिकार स्थानीय सरकारले प्रयोग गर्न नपाउने भएपछि मापदण्डको नाम दिएर बन्द गराईएको उपमहानगर श्रोतले बताएको छ । स्थानीय नागरिकहरुबाट समाजिक दुरी कायम नगरेको तथा अनावश्यक भिडभाड बढी बएको भन्ने गुनासो आएपछि उपमहानगरपालिकाले बुटवल कृषि थोक बजार केन्द्र बन्द गर्ने निर्देशन दिएको उपमहानगरले जनाएको छ ।
हरियो साग सब्जि तरकारिको सुरक्षित कारोवार गर्ने भन्दै खुला राखिएकोमा हाल उक्त कारोवारमा बढि भिडभाड गरि कारोवार भइरहेकाले बन्द गर्नुपरेको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।
उपमहानगरपालिकाले सामाजिक दुरि कायम गराउन गरेको पटकपटकको आग्रहसमेत अटेरी गरेकाले चैत २५ गतेसम्मका लागि केन्द्र बन्द गर्न निर्देशन दिइएको प्रमुख सुवेदीले बताउनुभयो । सटरहरु बन्द गर्ने निर्णय गरिएपनि स्थानीय किसानहरुलाई चोकहरुमा भने सामाजिक दुरी कायम राख्दै ताजा तथा हरियो तरकारी बेचबिखन गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।
विभिन्न चोकहरुमा स्थानीय उत्पादनका हरियो सागपात र तरकारिको बेचबिखनमा सामाजिक दुरी कायम भए नभएको अनुगमन गर्न कृषि विकास शाखा प्रमुख सन्तोष जिसीलाई जिम्मेवारी दिइएको समेत बुटवल उपमहानगरले जनाएको छ । उक्त केन्द्रमा दैनिक करिव ७००/८०० जना ब्यापारीको जमघट हुने गरेको पाइएपछि उपमहानगरले बन्द गराएको हो । केन्द्रमा धेरैजसो छिमेकि मुलुक भारतबाट तरकारी आउने गर्छ ।
बुटवलले यसअघि नै बाहिरबाट आउने सबैखाले तरकारी र सामनमा रोक लगाएपनि भारतबाट आउने तरकारी र फलफुलहरु रोक्न सकेको थिएन। विभिन्न सिमा नाकाबाट लुकिछिपी सामन ल्याउने र भिड जम्मा गर्न थालेपछि उपमहानगरपालिकाले तत्कालै बन्द गराएको हो । स्थान तोकेर स्थानीय उत्पादनका हरियो तरकारी सुरक्षित रुपमा सामाजिक दुरी कायम गरेर बेचबिखनको व्यवस्था मिलाइएको उपमहानगरले प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । उहाँले स्थानीय उत्पादन भएनभएको समेत अनुगमन हुने बताउनुभयो ।
एबिसी न्युजले भारतीय तरकारी र फलफुलका कारण कोरोना जोखिम बढेको बिषयमा यस अघि पटक पटक खबरदारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com