ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेरा लागि नेपालका सबै युवायुवती प्रकाश हुन् मेरो सम्पूर्ण जीवन तिनै छोराछोरीका लागि : प्रचण्ड


ABC News

मंसिर १०, माडी(चितवन) । नेकपा माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूहरु शोकमा रहेपनि अब मेरा लागि नेपालका प्रत्येक युवायुवती प्रकाश हुन्। सबै युवायुवती मेरा छोराछोरी हुन्। अब मेरो सम्पूर्ण जीवन तिनै छोराछोरीको भविष्य निर्माणमा खर्चिने सङ्कल्प गरेको प्रतिवद्धता व्यक्त गर्नुभयो। प्रचण्डले भन्नुभयो यस बीचमा तपाईहरुले देखाउनुभएको सद्भाव र सहानुभूतिका लागि म ऋणि छु ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकतापछि नेपालमा विकास रेल ईन्जिनको गतिमा अघि बढ्ने बताउनु भएको छ।


आइतबार चितवनको माडीमा आयोजित कोण सभामा बोल्दै प्रचण्डले भन्नुभयो, ‘कम्युनिष्ट एकता चुनाव जित्नका लागि मात्रै होइन, नेपालमा राजनीतिक स्थिरता, विकास र समृद्धिलाई गति दिन हो। चुनावपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन्छ। नेपालमा एउटै कम्युनिष्ट केन्द्र बन्छ। त्यसपछि नेपालको विकास र समृद्धिको यात्रा रेल ईन्जिनको गतिमा अघि बढ्छ।’
जसले पैसाले भोट खरिद गर्छ, त्यसले जनतालाई भेडा बाख्रा ठान्छ, सामन्तहरु जनतालाई मान्छे नै ठान्दैनन्ू बाँदरझुलामा आयोजित कार्यक्रममा प्रचण्डले भन्नुभयो, जनतालाई पैसामा किन्न खोज्नेहरुले के जनताका समस्या बुझ्छन् ? के एकदिन मासुभात खाएर तपाईं हाम्रो जीवन चल्छ ? के २, ३ हजार पैसाले तपाईं हाम्रो भविष्य बन्छ ? देशमा विकास र समृद्धि हुन्छ त ? त्यसैले आफ्नो र अर्को चिनौं। जसले जिन्दगिभर जनता ठग्यो, लुट्यो र ठेक्कापट्टालाई विकास भनेर भजाएर खायो, त्यस्ताबाट सचेत हुनुस्। २र४ पैसाको लोभमा आफ्नै खुट्टामा बञ्चरो नहान्नुस्।ूतपाईहरुलाई थाहा भयो होला, हाम्रा एक मात्र छोरा प्रकाशको हृदयघातले निधन भयो ।
चुनावी अभियानका क्रममा प्रचण्डले स्थानीय जनतासँग अन्तरक्रिया र स्थानीयका समस्याबारे चासो राख्नुभएको थियो। चुनावी अभियानमा कलाकारहरु बद्री पङ्गेनी, चेतन सापकोटा लगायतले जनवादी गीत सङ्गीत प्रस्तुत गर्नुभएको थियो।
आइतबार बिहानै अध्यक्ष प्रचण्डले माडीको बाँदरमुढेमा रहेको सशस्त्र युद्धका क्रममा मृत्यु भएका नागरिकहरुको स्मृतिमा निर्मित स्मारकमा माल्यार्पण गर्नुभएको थियो भने साँझ माडीमा बाम गठबन्धनको संयुक्त युवा भेलालाई सम्बोधन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com