ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च मनोबलले मात्रै कोरोनाविरुद्धको लडाईं जित्छौँ– अध्यक्ष प्रचण्ड


admin

काठमाडौं, १५ चैत । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र आमजनताले कोरोना विरुद्धको लडाईंमा देखाएको सावधानीप्रति धन्यवाद दिँदै थप सतर्क हुन आग्रह गर्नुभएको छ ।अध्यक्ष दाहालले आज एक भिडियो सन्देश दिँदै विश्वलाई नै चुनौती दिएको यस महामारीबाट हामी छिट्टै मुक्त हुने र मानव जाति तथा राष्ट्रको एकता र उच्च मनोबलले हामी विजयी हुने दृढ विश्वाससमेत व्यक्त गर्नुभएको छ । सरकारले कोरोना नियन्त्रणमा अपनाएको सार्थक प्रयासको विशेष धन्यवाद दिँदै उहाँले भन्नुभएको छ, “विश्व स्वास्थ्य सङ्गठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा चित्रण गरेको सन्दर्भमा म नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा नेकपाका सबै तहका नेता तथा कार्यकर्तालाई स्वयंसेवीका रुपमा यस सङ्कटको घडीमा परिचालित हुन र कोरोनाविरुद्धको लडार्इंमा सावधानीपूर्वक नेतृत्व गर्न आग्रह गर्दछु ।”

कोरोना भाइरसका कारण आजसम्म संसारभरका करिब छ लाख मानिस प्रभावित भएका छन् भने २७ हजार बढीको मृत्यु भएको छ । विश्व महामारीको कारण निधन भएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । नेपालमा सङ्क्रमण भएका नागरिकरको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष दाहालले विश्वव्यापी महामारी बनेको कोरोना जस्तो घातक भाइरसविरुद्ध सचेततापूर्वक सावधानी अपनाउनसमेत आग्रह गर्नुभएको छ । उहाँले अगाडि भन्नुभएको छ, “सचेत नागरिक र आमसञ्चारमाध्यमको जिम्मेवारपूर्ण र सचेततापूर्वकको पहल एवं शिक्षाले नै जोखिममा पर्नबाट जोगिन सकिन्छ भन्ने तथ्यलाई गहिरो तरिकाले आत्मसात् गर्नसमेत विशेष आग्रह गर्न चाहन्छु ।”

अध्यक्ष दाहालले कोभिड–१९ को सङ्क्रमणविरुद्ध विजय प्राप्त गर्नका लागि नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफ्नो र आफ्नो परिवारको अमूल्य जीवन रक्षा गर्न र त्यसमार्फत देश र दुनियाँको रक्षामा योगदान गर्न सबैसँग अपिल गर्नुभएको छ । कोरोना भाइरसविरुद्धको लडाईंको अग्रमोर्चामा रहेर जोखिम उठाउने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षा निकायको मनोबल उच्च राख्न सातै प्रदेशमा उपकरणको व्यवस्थामा राज्यका तर्फबाट थप जोड दिन आवश्यक रहेको उहाँको भनाइ छ । अध्यक्ष दाहालले भन्नुभएको छ, “दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्नलगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माणमा सरकारको ध्यान जाने नै छ ।”

उहाँले सङ्कटको यो अवस्थामा गरिब, असहायको सहयोगमा मुट्ठी फुकाउन, निजी क्षेत्रका व्यवसायीसँग पनि अपिल गर्नुभएको छ । अध्यक्ष दाहालले व्यक्तिगत रुपमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, हात नमिलाउने, हाच्छिउँ गर्दा रुमालको प्रयोग गर्ने, आवश्यकतानुसार मास्क प्रयोग गर्ने र सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्दै घरमै बस्न र अनुशासनमा रहन आमजनसमुदायसँग अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “चिकित्सकका अनुसार चर्को ज्वरो, थकान र श्वासप्रश्वासमा अप्ठ्यारो भए कोरोनाको परीक्षण गर्नुपर्दछ ।” आजसम्म चारजना नेपालीमा त्यो रोगको सङ्क्रमण देखिएको र उहाँहरुको स्थिति सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नभएको भए पनि चीन, कोरिया, इटाली, अमेरिका जस्ता मुलुकबाट पाठ सिकेर उच्च सकर्तकता अपनाउन विशेष ध्यान दिनै पर्ने बताउनुभएको छ ।

कोरोनाविरुद्धको मोर्चामा अग्रपङ्तिमा रहेर क्रियाशील हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र आमसञ्चारकर्मीको क्रियाशीलताको अध्यक्ष दाहालले उच्च प्रशंसा गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “आमसञ्चारमाध्यमले यथोचित र संयमित भएर यथोचित सूचना र स्वास्थ्य शिक्षा जनतामा पु¥याउने कामलाई पक्कै पनि सबैभन्दा बढी ध्यान दिनुहुनेछ भन्ने मेरो विश्वास छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com