ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस रोकथामका लागि नेपालमै भएका सामग्री सङ्कलन– मन्त्री ढकाल


admin

काठमाडौँ, ११ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्नका लागि नेपालमा भएका सामग्री सङ्कलन गरिएको बताउनुभएको छ । उहाँले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै भन्नुभयो, ‘‘यहाँ भएका सामग्री खोज्ने क्रममा रहेका छौँ । कहाँ कहाँ छन् खोजिरहेका छौँ । पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट पिपिई पोशाक केही प्राप्त भएका छन् ।’’

उहाँले कोभिड–१९ को उपचार गर्दा प्रयोग हुने पोशाक पिपिई दैनिक ३०० समेत उत्पादन गरिरहेको जानकारी दिनुभयो । मन्त्री ढकालले नेपालमा नै पिपिई उत्पादन हुने भएकाले अभाव नरहने स्पष्ट पार्नुभयो । उहाँले सातवटै प्रदेशमा कोभिड–१९ को उपचार गर्नका लागि ५० का दरले पिपिई पठाइएको समेत जानकारी दिनुभयो । मन्त्रालयले यसअघि बरामद गरिएको मास्क प्रत्येक प्रदेशमा ५० हजारका दरले पठाएको थियो । मन्त्री ढकालले लकडाउनका कारणले उपत्यकाभन्दा बाहिर कोभिड–१९ को नमूना परीक्षण गराउने काम समेत भएको बताउनुभयो । उहाँका अनुसार विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा तत्कालका लागि सामग्री उपलब्ध गराएर प्रयोगशालालाई सक्रिय बनाई नमूना परीक्षण गरिने छ । परीक्षण गरिएको रिर्पोट त्यहीँ दिइने व्यवस्था समेत गरिएको बताउनुभयो ।
उहाँले सम्बन्धित ठाउँमा आशङ्का गरिएका व्यक्तिको नमूना परीक्षण काठमाडौँ ल्याउनका लागि आन्तरिक उडान र स्थलमार्ग बन्द भएकाले सयन्त्र बनाई वैकल्पिक उपायसमेत अवलम्बन गरिने उहाँको भनाइ रहेको थियो । ‘‘खकार परीक्षण गर्नका लागि बन्द भएको कारणले अप्ठ्यारो भएको छ । प्रत्येक दिन कसरी ल्याउने भन्नेमा लागिपरेको छौँ’’ उहाँले भन्नुभयो ।

मन्त्री ढकालले बाहिर मुलुकबाट औषधि र उपकरण ल्याउनका लागि सरकारी, कुटनीतिक र बाह्य क्षेत्रबाट पहल जारी राखेको उल्लेख गर्दै चीन र भारतलाई पहिलो प्राथमिकतामा राखेर सामग्री ल्याइने जानकारी दिनुभयो । मन्त्री ढकालले कोभिड–१९ डेडिकेटेडको मात्र अस्पताल भनेर निर्णय गरिएको बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालको प्राविधिक रुपमा काम समेत गरिएको जानकारी दिनुभयो । यसैगरी सरकारले कोरोना भाइरस कोभिड–१९को रोकथाम र नियन्त्रण गर्नका अस्पतालसँग समन्वय गर्नका लागि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको संयोजकत्वमा सात सदस्यीय कमिटी गठन गरेको छ । समितिको सदस्यमा डा गुणराज लोहनी, नेपाल मेडिकल काउन्सिलको अध्यक्ष डा भगवान कोइराला, नेपाल मेडिकल एसोसिएसनको अध्यक्ष डा लोचन कार्की नेपाल नर्सिङ् सङ्घको अध्यक्ष डा मनकुमारी राई, निजी मेडिकल कलेजका अध्यक्ष वसुरिद्धिन अन्सारी र निजी अस्पताल सङ्घका अध्यक्ष वसन्त चौधरी रहनुभएको सात सदस्यीय टोली रहेका छन् ।

मन्त्री ढकालले निजी अस्पतालले कोरोना भाइरस नियन्त्रण र रोकथामको महाअभियान सरकारलाई सहयोग गर्ने बताउनुभयो ‘‘हामी सरकारको अङ्गको रुपमा काम गर्छु भन्नुभएको छ । निजी अस्पतालले यस महामारी रोकथाम गर्न सरकारको साथ दिन्छौँ भन्नुभएको छ’’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com