ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सैनिक भन्दै किराना पसल ठगी गर्ने पक्राउ


admin
चैत्र ८, २०७६ शनिबार  १ : ३७ बजे

काठमाडौं ८  चैत । सैनिक हुँ भन्दै किराना पसलेलाई ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–८ बस्ने ४६ वर्षीय राजकुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मेचीनगर नगरपालिका–१२ स्थित चारआलीको सुम्निमा पारुहाङ किराना पसल सञ्चालक डाकबहादुर राईलाई उनले रु एक लाख दुई हजार नगद ठगी गरेका थिए ।

राउतले आफू सैनिक भएको र मेसको कामको जिम्मेवारी रहेको बताउँदै मेसमा बचेको सामान सस्तो मूल्यमा दिने प्रलोभन देखाइ राईलाई ठगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । राउतले राईलाई पैसा लिई गाडी लिएर चारआलीस्थित सेनाको ब्यारेकको गेटमा पठाउन अनुरोध गरेका थिए । उनले सो रकम बाटैबाट लिई चालक ख्याम अधिकारीलाई सामान लिन सेनाको गेटमा बोलाएको प्रहरीको भनाइ छ । सामान लिन गाडी लिएर गएका अधिकारीले गेटमा पुग्दा निज व्यक्ति नभेटिएको र उनले दिएको सम्पर्क नम्बरमा समेत फोन गर्दा नउठेपछि तत्काल प्रहरी चौकी चारआलीमा निवेदन दिएका थिए ।

राईले दिएको निवेदन र हुलियाको आधारमा खोजतलास गरिरहेको प्रदेश नं १ नम्बर प्रदेश प्रहरी विराटनगर, जिल्ला प्रहरी कार्यालय झापासहितको टोलीले उनलाई शुक्रबार काँकरभिट्टाबाट पक्राउ गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । अनुसन्धानका क्रममा राउतले आफ्नो नामसमेत ढाँटी फरक–फरक सिमकार्ड प्रयोग गरी चन्द्रगढी, चारआली, धुलाबारी, बिर्तामोड, मोरङको उर्लाबारी, विराटनगर र सुनसरीको धरान, इटहरी, गोरखा, काभ्रेलगायतका दर्जनौँ स्थानमा किराना पसललाई सैनिकको ब्यारेकमा बचेको सामान सस्तोमा दिने भन्दै सयौँलाई ठगी गरेको पाइएको छ ।उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उनको साथबाट प्रहरीले रु ५४ हजार नगद, एक थान मोबाइल र सिमकार्ड बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com