ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पैसा नदिएको रिसमा १० वर्षीय बालकको इँटा प्रहार गरी हत्या


admin

रुपन्देही,७ चैत । रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ । ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यही चैत ४ गते बिहान १० बजे विद्यालय गएका बालक घर नफर्किएपछि खोजतलास गर्ने क्रममा ६ गते मात्रै ओमसतीयाको खेतमा शव फेला परेको थियो । बिहान करिब ११.३० बजे स्थानीयवासीले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । सिक्टहन माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत हरिजनलाई विद्यालयले रु चार सय छात्रवृत्ति रकम प्रदान गरेको थियो । सोही रकम नदिएको रिसमा स्थानीय १५ वर्षीय बालकले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिनुभयो । उनले बाबुसँगको मिलेमतोमा आकाशको हत्या गरेको आशङ्कामा प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

“आरोपीले विद्यालयले दिएको रकम आफूलाई दिन ललाइफकाई गर्दा पनि आकाशले नदिएपछि इँटाले हानेर हत्या गरेको स्वीकार गरेका छन्, १५ वर्षको मात्रै भएका कारण नाम सार्वजनिक गरिएको छैन”, उहाँले भन्नुभयो । हत्याको आशङ्कामा आकाशका परिवारजनले किटानी जाहेरीसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com