ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यक्तिगत सम्मान जोगाउदा लैगिंक हिंसामा वृद्धि


admin
मंसिर १०, २०७४ आईतबार  १ : २६ बजे

डडेल्धुरा, १० मंसिर । डडेलधुरा जिल्लामा लैंङ्गिक हिंसासम्बन्धी घटना वृद्धि भइरहेको एक तथ्यांकले देखाएको छ ।

आव २०७१÷७२ मा लैंगिक हिंसासम्बन्धी ११४, ७२÷७३ मा ११७, ७३÷७४ मा १६३ र चालु आव २०७४÷७५ को चौमासिकसम्म ३२ लैंगिक हिंसासम्बन्धी उजुरी दर्ता भएका छन् ।

वार्षिक रुपमा ५० देखि ६० उजुरीमाथि मात्र सुनुवाइ हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अपराध लुकाउनु पनि कानूनअनुसार अपराध मानिने भए पनि डडेल्धुरामा कतिपय घटना पीडितले नै आफ्नो व्यक्तिगत सम्मानमा नराम्रो असर पर्ने भनी लुकाउने प्रवृत्तिले जिल्ला प्रहरी कार्यालयमा कमै उजुरी दर्ता हुने गरेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।

महिला हिंसाविरुद्ध काम गर्ने र जनचेतना फैलाउने सरकारी र गैरसरकारी निकायको पहलमा महिला हिंसाका घटना दर्ता बढी भएको र लुकेर बसेका घटना पनि बाहिर आउन थालेको अगुवा महिलाको भनाइ छ । आफ्ना अधिकार र हिंसाबाट मुक्त हुनका लागि न्यायालायसम्म जानुपर्ने कुरा सबै महिलाले थाहा पाएपछि हिसांत्मक गतिविधिका घटना बाहिर आउन थालेको भागेश्वरकी अगुवा महिला अधिकारकर्मी शान्ति जोशीले बताउनुभयो ।

पीडितले नै आफूमाथि भएको अन्याय लुकाउनाले पीडक झन् सक्रिय हुने र समाजमा हिंसा बढ्दै जाने प्रहरी उपरीक्षक चक्रराजले जानकारी दिनुभयो । बेरोजगारी, अशिक्षा, गरिबी, घरेलु हिंसा, प्रेम विवाहमा तनाव, कुलत र विशेषगरी व्यक्तिमा हीनताबोधका कारण हत्याका घटना बढिरहेको जिल्ला प्रहरी कार्यालयमा रहेको तथ्यांकले जनाएको छ ।
लंैगिक हिंसासम्बन्धी अन्त्यका लागि सबै ‘जुटौँ, कोही नछुटौँ’, भन्ने मूलनाराका साथ महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरी नायब उपरीक्षक चक्रराजले समाजमा हुने गरेका विभिन्न प्रकारका हिंसा अन्त्य गर्न पीडित नै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डडेल्धुरा जिल्ला न्यायाधीश डा रमेशप्रसाद रिजालले लैंगिक हिंसा अन्त्य गर्न १६ दिन मात्र नभएर वर्षका ३६५ दिन नै घर÷घरबाट नै कार्यक्रम गर्नुपर्ने बताउँदै लैंगिक हिंसासम्बन्धी साना घटना भए मेलमिलाप केन्द्र र नभए न्यायिक प्रक्रियामा ल्याउनुपर्ने सुझाव दिनुभयो । यो दिवस हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

बारामा चुनावी ताप : चार क्षेत्रमा घरदैलो दौडधुप, पुरानै दलको वर्चस्व !

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

रुकुमपूर्वमा प्रचण्ड : मर्निङ वाक, स्थानीयको घरमा खाजा र पहिलो चुनावी सभा (फोटो फिचरसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com