ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसका बिरामी भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि


admin

काठमाडौं, ६ चैत । जिल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भएको छ । चीनबाट फर्किएका बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपछि बुधबार स्वास्थ्य परीक्षण गर्दा कुनै लक्षण नदेखिएको हो ।

बिरामी भनिएका व्यक्तिमा सामान्य ज्वरोसमेत नरहेको र उनी स्वस्थ रहेको स्वास्थ्य परीक्षणमा संलग्न जिल्ला अस्पतालका निमित्त प्रमुख डा शैलेस श्रेष्ठले बताउनुभयो । “चीनबाट फर्किएका व्यक्ति भएकाले उनीमाथि सामान्य शङ्का हुनु स्वभाविक हो”, उहाँले भन्नुभयो, “तर उनको स्वास्थ्य परीक्षण गर्दा सामान्य ज्वरोसमेत छैन, उनीमाथि कुनै शङ्का मान्नु पर्दैन ।”दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका उनी गत फागुन १४ गते नेपाल फर्किएका थिए । अध्ययनका क्रममा चीनको सान्यासिटीमा बसेर गाउँ फर्किएलगत्तै उनी बिरामी रहेको भन्ने अनावश्यक हल्ला जिल्लाभर फैलिएपछि परीक्षण गर्न स्वास्थ्यकर्मीसहितको टोली उनको गाउँ पुगेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नगरउपप्रमुख विणादेवी राई, प्रहरी नायब उपरीक्षक वामदेव गौतम, स्वास्थ्यकर्मीलगायतको टोलीले पीडित परिवारलाई भेटेका छन् ।भेटघाटका क्रममा बिरामी भनिएका व्यक्तिका आफन्तले अनावश्यक हल्ला फैलाउने व्यक्ति पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । स्वास्थ्य परीक्षणका लागि जिल्लामा आवश्यक उपकरण नभएकाले काठमाडौँबाट झिकाउनुपर्दा ढिला भएको नगरप्रमुख रिजालले बताउनुभयो ।

जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने पाथेकामा फैलिएको हल्ला दिक्तेल बजारमा समेत पुगेपछि गत चैत २ गते जिल्ला प्रशासन कार्यालयले सर्वदलीय भेलासमेत राखेको थियो । सर्वदलीय÷सर्वपक्षीय भेलालगत्तै जिल्लामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पूर्वतयारीसमेत थालिएको छ । कोरोना भाइरस ९कोभिड–१९०को हल्ला फैलिएसँगै उपचारमा आउने बिरामीका लागि जिल्ला अस्पतालमा आइसोलेसन वार्ड ९छुट्टै उपचारकक्ष० समेत स्थापना गरिएको छ । कोरोनाका शङ्कास्पद बिरामी उपचार गराउन आएमा छुट्टै भर्ना गरेर उपचार गर्न अस्पतालले तीन श्ययाको आइसोलेसन वार्ड स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com