ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक नगरका दुई कार्यालय : सेवाग्राही अन्योलमा


admin

सर्लाही,२९ फागुन । सर्लाहीको बलरा नगरपालिकामा दुई स्थानमा कार्यालय राखेर नगरको काम गरिएकोे छ । नगरप्रमुख र उपप्रमुखले बेग्लाबेग्लै स्थानमा नगरपालिकाको कार्यालय राखेर नगरको काम गरेका हुन् । नगरपालिकाको आफ्नो कार्यालय हुँदाहँुदै नगरप्रमुख अभयकुमार सिंहले आफ्नो गाउँ हथियौलको एक निजी घरमा नगरपालिकाको कार्यालय राखेर नगरका गतिविधि सञ्चालन गरिरहनुभएको छ । नगरप्रमुख र उपप्रमुख बीचमा विवाद हुँदा नगरको काम कार्वाही प्रभावित हुनाका साथै नगरपालिकाको कार्यालयसमेत दुई स्थानमा सञ्चालन हुँदा नगरवासी सेवा लिन कहाँ जाने भन्ने अन्योलमा छन् ।

स्थानीय निकायको निर्वाचन भएर जनप्रतिनिधि आउँदा आफूहरुले पाउँने सेवासुविधामा सहज महसुस गरेका नगरवासी अहिले समस्यामा परेका छन् । स्थानीय निकायको निर्वाचनलगत्तै नगरप्रमुख र उपप्रमुख बीचमा शुरु भएको विवादले अहिले कार्यालयसमेत दुईवटा बनेको छ । एउटै पार्टीबाट नगरप्रमुख र उपप्रमुख निर्वार्चित भएका भए पनि आपसमा राम्रो सम्बन्ध नहुँदा कार्यालय दुई स्थानमा राख्नुपर्ने अवस्था सृजना भएको जानकारहरुले बताउँदै आएका छन् । साथै नगरको विकास लगायत नगरसभासहितका कामकारवाही नराम्ररी प्रभावित भएका छन् ।

नगरप्रमुख सिंह र नगरउपप्रमुख रामसखी देवी दुवैजना राष्ट्रिय जनता पार्टीबाट निर्वाचित हुनुभएको हो । पछिल्लो समयमा नगर उपप्रमुख रामसखीले नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष तथा जनप्रतिनिधिको साथ लिएर नगरप्रमुख सिंहको विरोध गर्नुभएको बताइएको छ । उहाँले नगरप्रमुख सिंह एकलौटी ढङ्गले चलेको, नगरको विकास लगायतका काममा आफूहरुसँग समन्वय नगरेको आरोप लगाउनुभएको छ ।“आफूहरु नगरपालिकाको कार्यालयमा बसेर नगरवासीलाई सेवा प्रदान गरिरहेको भए पनि नगरप्रमुख सिंहले आफ्नो गाउँमा लगेर नगरपालिकाको अर्को कार्यालय राख्नुभएको र आफ्नो मनोमानी निरन्तर गरिरहनुभएको छ”, नगरउपप्रमुख रामसखीले भन्नुभयो । अर्काततिर नगरप्रमुख सिंह भने आफूलाई नगरपालिकाको कार्यालयमा बसेर काम गर्न सक्ने वातावरण नभएको बताउनुहुन्छ । “आफूले काम सहज तरिकाले गर्न नपाएकोले नगरपालिकाको अर्को कार्यालय खोल्न बाध्य भएको हुँ”, नगरप्रमुख सिंहले भन्नुभयो ।

उपप्रमुख र वडाध्यक्षले विना काममा नगरको काममा अवरोध गरी पटकपटक तालाबन्दी गरेका र आफूलाई त्यो स्वीकार्य नभएकाले बाध्य भएर अर्को कार्यालय खोलेर भए पनि आफूले नगरवासीको सेवा गरिरहेको नगरप्रमुख सिंहको भनाइ छ । एउटै नगरपालिकाको कार्यालय दुई स्थानमा सञ्चालन हुँदा नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्ष भेट्न जाने नागरिक अलमलमा परेका छन् । कर्माचारी नगरप्रमुखको वा उपप्रमुख कसको कार्यालयमा बसेर काम गर्ने भन्ने अन्योलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com