ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको चाहना सम्बोधन गर्ने गरी काम गर्न आग्रह


admin

काठमाडौं, २७ फागुन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाम्फेले जनताको चाहनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्न जनप्रतिनिधलाई आग्रह गर्नुभएको छ ।

खोटाङको दिक्तेलमा आज आयोजित कार्यक्रममा मन्त्री तुम्बाहाम्फेले स्थानीय तहका जनप्रतिनिधि जनतासँग सिधा सम्पर्कमा हुने भएकाले जनचाहनाअनुसार काम गर्न आग्रह गर्नुभयो । “जनताको आशा र भरोसा स्थानीय तहका जनप्रतिनिधिमाथि रहेको छ”, उहाँले भन्नुभयो, “उनीहरुको चाहनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्नुहोस् ।”दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रकाशन गरेको ‘कानून सङ्ग्रह भाग–१’ सार्वजनिक गर्नुहुँदै मन्त्री तुम्बाहाम्फेले जनप्रतिनिधिलाई सहयोग गर्न राष्ट्रसेवक कर्मचारीलाई समेत निर्देशन दिनुभयो । “सबैको सहकार्यबाट मात्रै सरकारले अवलम्बन गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “समृद्ध देश र सुखी नेपालीको चाहना पूरा गर्न सबै एकताबद्ध हुनुपर्छ ।”

नेपालको संविधान परिवर्तनशील रहेको भन्नुहुँदै मन्त्री तुम्बाहाम्फेले समय र परिस्थितिअनुसार संशोधन गर्दै जाने बताउनुभयो । “हाम्रो संविधान ढुङगाले लेखिएको अक्षर हैन । संशोधन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “परिवर्तनशील छ भन्दैमा कुनै समूह अथवा व्यक्तिको स्वार्थपूर्ति गर्नका लागि परिमार्जन हुँदैन ।”मन्त्री तुम्बाहाम्फेले स्थानीय तह सञ्चालन ऐनअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नीति तथा नियम आफैँ बनाएर कार्यान्वयन गर्न सफल भएकोप्रति खुशी व्यक्त गर्नुभयो । नगरपालिकाले लागू गरेको ऐन तथा नियमावली जनचाहनाविपरीत रहेको खण्डमा परिमार्जन गर्न पनि आग्रह गर्नुभयो ।

सांसद कृष्णगोपाल श्रेष्ठले खोटाङ हरेक क्षेत्रको विकासका लागि सम्भावना भएको जिल्ला रहेको दाबी गर्नुभयो । अर्का सांसद वीणा श्रेष्ठ, संविधानसभा एवं प्रदेशसभा सदस्य उषाकला राई, संविधानसभा एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नगरपालिकाले तयार पारेको कानून सङ्ग्रह उपयुक्त रहेको धारणा व्यक्त गर्नुभयो ।पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक कार्यविधिसम्बन्धी ऐन २०७६, शिक्षा ऐन २०७५, कृषि व्यवसाय प्रवद्र्धनसम्बन्धी ऐन २०७५, सहकारी ऐन २०७५, न्यायिक समितिको कार्यविधिसम्बन्धी ऐन २०७५ र प्रशासकीय कार्यविधिसम्बन्धी ऐन २०७५ पारित गरेको छ । कूल ५७२ पृष्ठको कानून सङ्ग्रहमा नगर कार्यपालिका ९कार्यसम्पादन० नियमावली २०७४, नगर कार्यपालिका ९कार्य विभाजन० नियमावली २०७४, उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६, सवारीसाधन व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६, सरसरफाइ तथा फोहरमैला व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५, टोल विकास संस्था सञ्चालन कार्यविधि २०७५ समावेश गरिएको छ ।

सङ्ग्रहमा प्रसूति सट्टा शिक्षक व्यवस्थापन कार्यविधि २०७५, उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन कार्यविधि २०७५, सल्लाहकार तथा परामर्शदाता नियुक्तिसम्बन्धी कार्यविधि २०७५, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्रसम्बन्धी कार्यविधि २०७५, राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि २०७५, नगर रेन्बोट्राउट विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७४, नमूना कृषि उद्यम कार्यक्रम कार्यान्वयन कार्यविधि २०७४ र बजार अनुगमन निर्देशिका २०७५ समावेश छ । नगरपालिकाले पारित गरेको ऐन तथा कार्यविधि यसअघिदेखि नै कार्यान्वयनमा रहेको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो ।

दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लामा कानून सङ्ग्रह तयार पारेर सार्वजनिक गर्ने सो नगरपालिका पहिलो हो । जिल्लाका अन्य नौ स्थानीय तहले आफ्नै कानून निर्माण गरेर लागू गरेपनि सङ्ग्रह निर्माण गरेर सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com