ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार– प्रवक्ता श्रेष्ठ


admin

काठमाडौं, २४ फागुन । नेपाल कम्युनष्टि पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार भएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले समाजवाद निर्माणको आधार तयार गर्न सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताउनुभएको हो ।

“सरकारलाई सफल नबनाइए जनतामा निरासा छाउँछ, मुलुकको सामाजिक र आर्थिक रुपान्तरण हुन सक्दैन, वैदेशिक हस्तक्षेप वृद्धि र प्रतिगमनमा खतरा उत्पन्न हुनसक्छ”, उहाँले भन्नुभयो । प्रवक्ता श्रेष्ठले पार्टीलाई विग्रहमा लैजाने वा एकतालाई खलबलाउने कुनै पनि कुरा छुट दिन नहुने भन्दै सरकारले सुशासन र विकासमार्फत समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न पत्रकारलाई आह्वान गर्दै मुलुकको रुपान्तरण तथा विभिन्न चरणमा भएका परिवर्तनकारी आन्दोलनमा पत्रकारले खेलेका भूमिका असाधारण रहेका चर्चा गर्नुभयो । पार्टी र सरकारलाई तीव्रगतिका साथ अघि बढाउन सक्षम भई मुलुक रुपान्तरणका लागि सक्रिय हुनुहुनेमा विश्वास व्यक्त गर्दै उहाँले सूचना प्रविधिको विकाससँगै अझ बढी प्रेस जगतको आवश्यकता बढेको जनाउनुभयो ।

सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्न पार्टी एकता भएको उल्लेख गर्दै उहाँले रणनीतिक समाजवादको आधार तयार गर्नु नै अहिले पार्टीको मुख्य कार्यभार रहेको उहाँको भनाइ थियो । उहाँले जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादको विचारलाई हाल थाति राखी समाजवादोन्मुख जनताको जनवादलाई कार्यक्रमका रुपमा अघि सारको स्पष्ट गर्नुभयो । नेकपाका स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश कमिटीका इञ्चार्ज अष्टलक्ष्मी शाक्यले जनतालाई यथार्थपरक सूचना प्रवाह गरी प्रेस सङ्गठनलाई जवाफदेहिताका साथ अघि बढ्न आग्रह गर्नुभयो । पत्रकारिता क्षेत्रमा महिला पत्रकारको सहभागिता बढाउनुपर्ने भन्दै उहाँले सङ्गठन तथा पार्टीलाई समानुपातिक तथा विभेदमुक्त बनाउनुपर्ने बताउनुभयो ।

प्रेस सङ्गठनका इञ्जार्च तथा केन्द्रीय सदस्य राजेन्द्र गौतमले सङ्गठनका पत्रकारले पार्टी र सरकारको सकारात्मक आलोचनासमेत आवश्यक रहेको आँैल्याउँदै समस्यालाई आन्तरिक छलफलका माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।पार्टीका केन्द्रीय सदस्य, प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सङ्गठनलाई लोभलाग्दो र भरलाग्दो बनाउनुपर्नेमा जोड दिँदै पार्टी नै प्रेरणाको स्रोतका रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रमा विभिन्न प्रकारका सुधारका बारेमा सङ्गठनले विगत लामो समयदेखि बहस चलाउँदै आएको र सरकारले सोहीअनुसार संस्थागतरुपमा कानूनी आधार तयार गरेको बताउनुभयो ।

उहाँले संविधानसँग बाझिने कुनै पनि कानून नबन्ने उल्लेख गर्दै बनेमा पनि अदालतले खारेज गर्ने स्पष्ट संवैधानिक अधिकार रहेको स्पष्ट पार्नुभयो । नेकपा वग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले वाग्मती प्रदेशले सबै सङ्गठन एकताका कार्य सम्पन्न गरिसकेको उल्लेख गर्दै पार्टीलाई आम नेपाली जनताका बीचमा सुदृढ तथा एकताबद्ध बनाउँदै लैजाने बताउनुभयो । सङ्गठनका केन्द्रीय संयोजक महेश्वर दाहालले प्रदेश तथा जिल्लाका सदस्यलाई शपथ ग्रहण गराउँदै पार्टीअनुसार सङ्गठन गतिशील र एकीकृत ढङ्गले अघि बढेको उल्लेख गर्नुभयो । पार्टी, सरकार र जनताबीच जोड्ने महत्वपूर्ण जिम्मेवारी प्रेस सङ्गठनको रहेको उल्लेख गर्दै उहाँले पार्टी र सङ्गठनको एजेण्डा गतिशील र उत्कृष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष राजेन्द्र अर्यालले प्रेस सङ्गठनले श्रमजीवी पत्रकारको आन्दोलनलाई उच्च प्राथमिकता तथा मागलाई पूरा गर्न आफ्नो पूर्ण साथ र सहयोग हुनेसमेत प्रतिबद्धता जनाउनुभयो । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल, सङ्गठनका सहसंयोजक गणेश बस्नेत, प्रेस चौतारीका पूर्वअध्यक्ष गगन विष्ट, सङ्गठनका नेता बलराम थापालगायतले वर्ग सङ्घर्षको लामो लडाईमा प्रेस सङ्गठनले समाजवादी यात्राको पार्टी तथा सरकारको सङ्कल्पमा साथ र सहयोग गरी अघि बढ्ने उल्लेख गर्नुभयो । उपत्यका प्रदेश कमिटी इञ्चार्ज शुरोजङ्ग पाण्डेले शुभकामना मन्तव्य राख्दै पार्टी तथा सरकारको भावी योजना तथा प्रतिपक्षीले गरेको भ्रमलाई चिर्न योजनाब्द्ध अघि बढ्ने उद्घोष गर्नुभयो । सङ्गठनका उपत्यका संयोजक नवराज दाहालले काठमाडौँ, भक्तपुर र ललितपुरमा सङ्गठनको एकता प्रक्रिया पूरा भएको जानकारी गराउनुभयो । कमिटीका सहसंयोजक प्रकाश सिलवालका अनुसार प्रदेश कमिटीका ६५, काठमाडौँका ४१, ललितपुरका ३७ र भक्तपुरका २९ सदस्यीय कमिटीका सदस्यलाई शपथ दिलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com