ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकल्प दिएर मात्र संरचना हटाउन काँग्रेसको माग


admin
फाल्गुन १९, २०७६ सोमबार   १ : ०६   बजे

काठमाडौं, १९ फागुन  । नेपाली काँग्रेस झापा, क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीले दमक–६ र ७ का सडक आसपासका अव्यवस्थित बसोबासीको घरटहरा नभत्काउन आग्रह गर्नुभएको छ । दमक नगरपालिकाले आइतबार पूर्वपश्चिम राजमार्गसहित सरकारी जमीनका अतिक्रमित संरचना हटाउन डोजर प्रयोग गरेपछि उहाँले विकल्प दिएर मात्र संरचना हटाउन माग गर्नुभयो । सञ्चारकर्मीहरुसँग आज यहाँ कुराकानी गर्दै सभापति भण्डारीले आफ्नो पार्टी विकास विरोधि नभएको स्पष्ट पार्नुभयो । अतिक्रमित संरचना हटाउने कार्य नरोकिने सडक व्यवस्थापन तथा शहरी सुदृढीकरण समितिका संयोजकसमेत रहनुभएका दमक– २ का वडाध्यक्ष प्रजापति सापकोटाले स्पष्ट पार्नुभयो ।

यसैबीच स्थानीय पशुहाट बजारको दक्षिण सडकको जमीनमा बस्दै आएका सात घरपरिवारले नगरपालिकाबाट जबर्जस्ती संरचना भत्काउने कार्य भएको भन्दै पहिले क्षतिपूर्ति दिन माग गरेका छन् । आफूहरु वर्र्षौंदेखि त्यहाँ बस्दै आएका भन्दै उनीहरुले विकासको नाममा अवरोध नरहने स्पष्ट पारेका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेशन गठननेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा झापामा फाउन्डेशन गठन गरिएको छ । आज दमकमा सम्पन्न भेलाले कोइरालाको योगदानलाई स्मरण गराउने उद्देश्यले बुद्धिराज न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय फाउन्डेशनको जिल्ला तदर्थ समिति गठन गरिएको जनाइएको छ । गठित समितिको उपाध्यक्षमा राजकुमार गौतम र दीपक काफ्ले, सचिवमा श्यामकुमार लम्साल, सहसचिवमा उमा शिवाकोटी र कोषाध्यक्षमा नेत्र पौडेल रहनुभएको छ ।

यसैगरी सदस्यमा आशा शर्मा शिवाकोटी, ज्ञानु न्यौपाने, हस्त परियार, बालकृष्ण थपलिया, पदम प्रसार्इं, भूमि राजवंशी, शर्मिला अधिकारी, ज्ञानेन्द्र खत्री, घनेन्द्र सुब्बा, प्रकाश भण्डारी, जगनाथ आचार्य र टङ्क दुलाल रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group