ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“सरकार, सेना र जनताको एकीकृत प्रयासबाट मात्र राष्ट्रको समग्र सुरक्षा सम्भव– उप्रधानमन्त्री पोखरेल


admin

काठमाडौं, ८ फागुन । नेपाली सेनाद्वारा प्रकाशित सामरिक लेखको सङ्गालो ‘युनिटी जर्नल’ मा समावेशमध्ये मानवशास्त्री विहारीकृष्ण श्रेष्ठकोे ‘बहुलजातीय नेपालमा राष्ट्रियता र राष्ट्रिय एकता स् राष्ट्रिय मामिला व्यवस्थापनका लागि एकीकृत पद्धतिको अवलम्बन’ शीर्षकको लेख सर्वोत्कृष्ट घोषित भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उक्त लेखका लागि उहाँलाई रु २ लाख पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो । राष्ट्रिय एकता प्रवद्र्धनका लागि बौद्धिक तहमा अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले सेनाले उक्त जर्नलका लागि आह्वान गरेको प्रतियोगितात्मक ९७ सामरिक लेख समावेश थिए । लेखक पशुपति नेपालको ‘अनुकूलन तथा असर कम गर्ने उपायद्वारा जलवायु परिवर्तन जोखिमको मूल प्रवाहीकरण’ दोस्रो र द्वन्द्व व्यवस्थापन विश्लेषक गेजा शर्मा वाग्लेको ‘विश्वशक्तिको भूराजनीतिक वैरभाव र नेपालमा पर्ने प्रभाव’ शीर्षकको लेख प्रतियोगितामा तेस्रो घोषित भयो ।

दोस्रो हुने लेखलाई रु एक लाख र तेस्रोलाई रु ५० हजार नगद र प्रमाणपत्र प्रदान गरियो । सेना दिवसको अवसरमा प्रकाशित उक्त जर्नलमा समावेश बाँकी २९ लेखका लागि सान्त्वना पुरस्कार स्वरुप रु १० हजार र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगिताबाट नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय सुरक्षाका विभिन्न आयाममा ठोस योगदान पुग्ने सेनाले विश्वास लिएको छ । उक्त जर्नलको विमोचन गर्दै उपप्रधानमन्त्री पोखरेलले संवैधानिक जिम्मेवारी बहन गर्ने क्रममा राष्ट्रिय सुरक्षा र एकताका विषयमा आमनागरिक र विषयविज्ञहरुबाट अनुसन्धानमूलक लेख रचनाको सङ्गालो प्रकाशित गरेकोमा नेपाली सेनाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले भन्नुभयो, “विविधताले भरिएको नेपालमा नागरिकबीच सहिष्णुताको विकास र एकताको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्न यस्ता अभ्यासले महत्वपूर्ण भूमिका खेल्नेछ, सेनाले इतिहासदेखि नै राष्ट्रिय सुरक्षाको अहम् जिम्मेवारी बहन गरी राष्ट्रियहित प्रवद्र्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय एकता र सुरक्षाबीच अन्योन्याश्रित सम्बन्ध रहन्छ”, भन्नुभयो । राष्ट्रको सुरक्षाको जिम्मेवारी सरकार र सेनाले मात्र गर्न सम्भव नहुने हुँदा आमनागरिकको सहयोग र सद्भाव आवश्यक रहन्छ भन्दै उहाँले राष्ट्रिय सुरक्षामा सबै तह र तप्काको सहभागिता र भूमिका उतिकै महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।

“सरकार, सेना र जनताको एकीकृत प्रयासबाट मात्र राष्ट्रको समग्र सुरक्षा सम्भव हुन्छ, यसका लागि सरोकारवाला पक्षको एउटै धारणा, सोच, बुझाई र योगदान आवश्यक हुन्छ, यसमा बौद्धिक बर्गको अहम् भूमिका रहन्छ भन्नेमा दुईमत हुन सक्दैन”, उहाँले भन्नुभयो ।नेपालको भू–राजनीतिक र भू–रणनीतिक पक्षको अध्ययनको आवश्यकता धेरै अघिदेखि महसुस गरिएको बताउँदै रक्षामन्त्री पोखरेले ‘राष्ट्रिय सुरक्षाको निरन्तर अध्ययन, अनुसन्धान तथा विश्लेषण आवश्यक हुन्छ’ भन्नुभयो । रक्षामन्त्री पोखरेलले राष्ट्रिय महत्वका विषयमा सही दिशा निर्देशन गर्न बौद्धिक तह र तप्काले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उल्लेख गर्नुभयो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालको संविधानले सेनालाई एकताको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी दिएको बताउँदै राष्ट्रिय एकताबिना राष्ट्रिय सुरक्षाको परिकल्पना गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय एकता भएको मुलुकलाई कुनै पनि शक्तिले कमजोर र परास्त गर्न सक्दैन, हाम्रो इतिहासले दिएको सबैभन्दा महत्वपूर्ण शिक्षा यही हो, राष्ट्रिय एकताको जगेर्ना गर्ने जिम्मेवारी हामी सम्पूर्ण नेपाली कै हो ।”सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक विज्ञानदेव पाण्डेले राष्ट्रिय महत्वका विषयमा आम नागरिकका बीचमा समान सोच बनाउन सकियोस् भन्ने हेतुले प्रबुद्ध वर्गबाट आनुसन्धानमूलक लेखका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । प्रतियोगिता लेख मूल्याङ्कन समितिका सदस्य प्राध्यापक कमलसिंह राठोर राष्ट्रिय सुरक्षा र हितका विषयमा विद्वान्बाट प्राप्त भएको रचनालाई अत्यन्त निष्पक्ष र पारदर्शी ढङ्गबाट छनोट गरिएको जानकारी दिनुभयो ।

निकट भविष्यमा सञ्चालनमा आउने प्रतिरक्षा विश्वाविद्यालयको पाठ्यक्रममा समेत समावेश गर्ने उदेश्यले नेपाली सेनाले राष्ट्रिय सुरक्षा र विकास, राष्ट्रियता र राष्ट्रिय एकता, नेपालको सामरिक महत्व, नागरिक सैनिक सम्बन्ध, सैनिक कूटनीतिकका विषयमा इच्छुक लेखकसँग रचना आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com