ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जन्मदिन मनाउन प्रधानमन्त्री ओली तेह्रथुम स्थित आफ्नो जन्मघर जाँदै, यस्तो छ तयारी


admin

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली यो वर्षको आफ्नो जन्मदिन जन्मघरमै पुगेर मनाउने भएका छन् । फागुन ११ गते परेको आफ्नो जन्मदिन मनाउन ओली इवाको सल्ले पुग्नेभएका छन् । प्रधानमन्त्री ओली ६९ वर्ष अघि तेह्रथुमको आठराई गाउँपालिका–४ सल्लेमा जन्मिनुभएको हो । पहिलो पटक प्रधानमन्त्री आफ्नो गाउँ आउन लागेको थाहा पाएर स्थानिय निकै उत्साहित भएका छन् । ओली जन्मिएको पहाडी घर विक्रिभइसकेको थियो । तर आफ्नो थातथलो संसक्षण गर्न प्रधानमन्त्री ओलीले केही वर्ष अघि किन्नुभएको थियो । २०२४ सालमा ओलीका पिता मोहनप्रसाद साढे ११ हजार रुपैयाँमा सो घर बिक्री गरेर झापा झर्नुभएको थियो ।

तर प्रधानमन्त्री ओलीले सोही घर र घर रहेको ३० रोपनी जग्गा समेत साढे १० लाख रुपैयाँमा किन्नुभएको हो । बुबा मोहनप्रसादले पहाडको घर किन्ने आग्रह गरेपछि प्रधानमन्त्रीले बुवाको इच्छा पुरा गर्नुभएको हो । प्रधानमन्त्री ओलीको हालको स्थायी ठेगाना भने भक्तपुरको बालकोट हो। १२ वर्ष अघि म्रिगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली दोस्रो पटक पनि म्रिगौला प्रत्यारोपणको तयारीमा हुनुहुन्छ । केही महिला अघि म्रिगौलाले काम गर्न छोडेपछि अहिले नियमित डायलासिसमा रहनुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन जन्मघरमै गएर मनाउने चाहना राखेपछि त्यसको तयारी गरिएको छ । घर नजिकै हेलिप्याड निर्माण गरिएको छ भने बाटो पनि बनाईएको छ । सोही बखत प्रधानमन्त्रीले पाँचथर र तेह्रथुममा खानेपानी तथा सडक आयोजनाको शिलान्यास समेत गर्नुहुने छ । ।

‘पाँचथरमा खानेपानी आयोजना र तेह्रथुममा सडक उद्घाटन सहित प्रधानमन्त्रीले आफ्नो जन्मदिन मनाउनुको साथै ओलीले आफ्नो जन्मस्थल सल्लेबाट ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडकको शिलान्यास समेत गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com